रोचक

आमा …

चन्द्रकला बस्नेत (मोरङ, पथरि)

कहाँ छन् ति मेरा खुशीहरु जब म र मेरी साहिली दिदि हामी दुई नादान थियौ, जिवन के हो बुझेका थिएनौ,हाम्रो खुशी बस मिठो खान पाए र राम्रो नया लुगा लाउन पाए रमाउन पाए हुन्थ्यो । जब आमाको मुख हेर्ने दिन आउथ्यो हामीलाई आमाको महत्व भन्दा बढि दिदिहरुले ल्याएका मिष्ठान्न खानेकुराहरुको स्वाद लिन हतार हुन्थ्यो किन कि हामी परिपक्व थिएनौ ।

आमाले हामीलाई जानअन्जानमा गरेका गल्तिहरुलाई सुधार गर्न दिने सल्लाह हामीलाई भद्दा लाग्थ्यो मानौ आमा नै बोझ झै लाग्थ्यो किन कि हामी किशोरी अवस्थामा थियौ र आवेगमा आउथ्यौ र बस् एक शब्द भन्थ्यौ ‘म त टाढा बिहे गरेर जान्छु फर्केर पनि यो घर आउदिन’ ।

बिहे गरेर गएका दिदिहरु २ जना हुनुहुन्थ्यो एउटी निकै टाढा एउटी दुरीले थोरै टाढा सकेसम्म अरु चार्डहरुमा आउने रहरहरु हुदाहुदै नि थाती राखेर भए पनि मातातिर्थ औशीमा चै कसैगरी आइपुग्नुहुन्थ्यो दुबै दिदिहरु अहिले आएर थाहा भयो कि किन दौडेर भए नि आउथे दिदिहरु त्यो दिन भनेर बिहे भयो पराई घर गए आमाबाट टाढा भए, आफै आमा बने र उनिहरुले आमाको महत्व बुझेका थिए सायद त्यहि भएर मरिमेट्थे त्यो दिनका लागि …

उमेर बढेसंगै मेरो नि मैले चाहे जस्तै हकिकतमा टाढा बिवाह भयो, म पनि आमा बने अनि मैले बुझ्दै गए कि आफ्नो सन्तानको माया के हो भनेर, कुनै पर्वमा किन सम्झिन्छ सन्तानले आमा अनि आमाले आफ्नो सन्तानलाई भनेर, समय बित्दै जादा बिवाह पश्चात कुनै चार्डहरुमा कहिले दुरीले टाढा भएर, कहिले बालबच्चा साना भएर त कहिले समयानुकुल नभएर त्यति उपस्थित जनाउन सकिन ।

अहिले धिकार लाग्छ म आफैले आफैलाई आमा त आमा होनि सन्तानको लागि जस्तो परिस्थितिमा पनि खडा हुन सक्नि मेरी आमाका लागि म किन आमाको खास दिनमा सामेल भइन भनेर तर अफसोस त्यो मेरो गल्तिलाई अब म सुधार्न खोज्छु भनेर पनि नपाउने स्थितिमा छु आज म, मैले मेरो प्राण मेरी आमालाई गुमाइसकेकी छु तर म मेरो सन्तानको निमित्त प्राण बचाएर बाचेकी छु सायद यहि हो जिवनचक्र भनि चित्त बुझाउदैछु त्यसैले हरेक दिन हरेक पल,हरेक समयलाई एकदमै विचार गरेर उत्सवका साथ आफु र आफ्ना नजिकका मान्छेहरुसंग समस ब्यथित गर्ने गरौ ।

आज तपाईसंग भएको चीज भोलि नहुनसक्छ ,जब तपाईसंग जुन चीज हुन्न त्यहि चीजलाई तपाईको मनले बढि तलास गर्छ । त्यसैले हुदा कदर गर्न सिकौ गुमाएपछि पछुताउन शिवाय केहि विकल्प नै रहदैन  मेरो भोगाई तपाई बिना अपुरो अधुरो भयौ आमा कसरी मनाउ तपाईं विनाका यी चार्डवाडहरु मिस यु आमा …

नजिकिदै गरेको मातातिर्थ औशी यानकी आमाको मुख हेर्ने दिनको सम्पुर्ण आमाहरुप्रति सुस्वास्थ्य ,दिर्घायु,सुख शान्ती ,समृद्दिले सदैव पछ्याइ रहुन भन्दै शुभकामना ब्यक्त गर्दछु ।

हर घरमा आमाको बास होस्  कुनै आमा बे घर हुन नपरोस्’

Leave a Reply

Your email address will not be published. Required fields are marked *