पोर्चुगल — नेपाल पत्रकार महासंघ युरोप शाखाद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।
शनिबार मे ३ तारिख युरोपको समय अनुसार दिउसो ३ बजे भर्चुअल माध्यम मार्फत सो कार्यक्रम गर्न लागिएको नेपाल पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष केजन राईले बताए ।
प्रेस स्वतन्त्रता ,पत्रकारको सुरक्षाको सुनिश्चितता ,विश्वमा बदलिँदो परिस्थिति लगायतका बिषयमा चर्चा एवं विश्लेषण हुने हो, अध्यक्ष राईले भने ।
सो अवसरमा संघ-सस्थाका प्रमुख, प्रतिनिधि , व्यवसायी, बुद्धिजीवी एवं सम्पूर्णलाई उपस्थित हुन सस्थाले विशेष आग्रह समेत गरेको छ ।
संस्थाले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रेस विज्ञप्ति मार्फत शुभकामना समेत दिएको छ ।