Home Login
युरोप

बेलायतको काउन्सिलर निर्वाचित भइन् रोजिना प्रधान राई

बेलायत — बेलायतको ग्लस्टरशायरस्थित ट्वीकेसबारी बरोमा नेपाली मूलकी रोजिना प्रधान राई काउन्सिलर निर्वाचित भएकी छन्।

विहीबार सम्पन्न स्थानीय निर्वाचनमा लिबरेल डेमोक्र्याट पार्टीका तर्फबाट उनी बरोको इन्सवार्थ वडामा काउन्सिलरमा विजयी बनेकी हुन्।

शुक्रबार सार्वजनिक नतिजाअनुसार रोजिनाले ६ सय ६६ मत पाएर जीत हासिल गरिन। उनका निकटतम प्रतिद्वन्दी रिफर्म यूके उम्मेदवारले ५ सय ९६ मत पाए।

काउन्सिलर निर्वाचित राई एनआरएनए आइसीसीकी उपाध्यक्ष पनि हुन्। एनआरएनए अभियानमा लामो समयदेखि आवद्ध समाजसेवी रोजिना एनआरएनए यूकेमा उपाध्यक्ष रहंदा धेरै उल्लेखनीय काम गरेर प्रशंसा बटुलेकी थिइन् ।

एनआरएनए यूके अध्यक्ष पदमा सफलता हासिल हुन नसकेपनि उनले यस संघमा सक्रियता छाडेकी छैनन् । रोजिनाले अहिले व्यवसाय र समाजसेवा एकसाथ अगाडि बढाइरहेकी छन् ।

 

Leave a Reply