पोर्चुगल — लोक तथा दोहोरी गायक एवं सर्जक रविन लामिछानेको शब्द रचनामा तयार भएको ‘यूके बेलायत’गीत सार्वजनिक हुने भएको छ । बिहिबार सामाजिक सञ्जाल फेसबुकमा गीतको एउटा पोस्टर सार्वजनिक गर्दै गायक स्वयं लामिछानेले जानकारी दिएका हुन् ।
जर्मनीलाई कर्मथलो बनाउँदै आएका गायक लामिछानेले करिब तीन महिनापछि ‘यूके बेलायत’ गीत ल्याउन लागेका हुन् ।
एक हप्ता अगाडि मात्रै कर्मभूमि जर्मनी आएका लामिछाने नेपाल जाँदा उनले थुप्रै लाइभ दोहोरी तथा गीतहरू रेकर्डिङ गरेका छन् । केही महिनाको छुट्टीमा नेपाल जाँदा उनले लाइभ दोहोरी गीत रेकर्डिङ मात्र नभई लामिछाने मेला महोत्सवमा समेत व्यस्त रहेका थिए ।
पछिल्लो समय लामिछाने जर्मनी आएपछि युरोपमा हुने सांगीतिक कार्यक्रमहरुमा उनले आफ्नो प्रस्तुतिहरु देखाइरहेका छन् । गोरखामा जन्मेका गायक रविन लामिछाने उनी कार्यक्रमका लागि स्टेजमा गएपछि उनको गीत गाउने तरिका, उनको बोल्ने शैलीले आयोजकहरु समेत मक्क पर्थे ।
त्यस्तै केही महिना अगाडि सांगीतिक कार्यक्रमको लागि बेलायत जाँदा बेलायतवासी नेपालीहरुको माया बटुलेका लामिछानेले त्यसैको सम्मान स्वरुप यूके बेलायत गीत सिर्जना गरेर बजारमा ल्याउन लागेका हुन् ।
उक्त गीतमा रविनलाई सुमधुर आवाजकी धनी गायिका सुनिता बुढा क्षत्रीले साथ दिएकी छन् । गीतमा बेलायती सेनाको नेपाली लाहुरे छुट्टीमा नेपाल जाँदा गाउँघरकी मायालु सँगको मायाप्रेमको बारेमा परिकल्पना गरेर गीत लेखेको लामिछानेले बताएका छन् ।
गीतको भिडियो पनि उत्कृष्टट बनेको निर्माण टिमको दाबी छ । दिप गुरुङ्गले निर्देशन गरेको भिडियोमा लिजेन्ड नायक धिरेन शाक्य र पछिल्लो समयको लोकप्रिय नायिका स्मारिका ढकालले अभिनय गरेका छन् ।
मे ९ तारिखमा रिलिज हुने तयारीमा रहेको ‘यूके बेलायत’ गीत लोकनाथ अधिकारी युट्युब च्यानलबाट सार्वजनिक हुने भएको हो ।
तारा सँगै जुन, के छ ओए पानपाते ठुली, घडी २ (हातमा घडी छ), पछ्यौरी लिसियो जस्ता थुप्रै चर्चित गीतका गायक हुन् रवि लामिछाने । पछिल्लो समय उनका थुप्रै लोकदोहोरी गीत तथा लाइभ दोहोरीहरू बजारमा प्रशस्त मात्रामा उनका गीत सुन्ने गरिन्छ ।