Customize Consent Preferences

We use cookies to help you navigate efficiently and perform certain functions. You will find detailed information about all cookies under each consent category below.

The cookies that are categorized as "Necessary" are stored on your browser as they are essential for enabling the basic functionalities of the site. ... 

Always Active

Necessary cookies are required to enable the basic features of this site, such as providing secure log-in or adjusting your consent preferences. These cookies do not store any personally identifiable data.

No cookies to display.

Functional cookies help perform certain functionalities like sharing the content of the website on social media platforms, collecting feedback, and other third-party features.

No cookies to display.

Analytical cookies are used to understand how visitors interact with the website. These cookies help provide information on metrics such as the number of visitors, bounce rate, traffic source, etc.

No cookies to display.

Performance cookies are used to understand and analyze the key performance indexes of the website which helps in delivering a better user experience for the visitors.

No cookies to display.

Advertisement cookies are used to provide visitors with customized advertisements based on the pages you visited previously and to analyze the effectiveness of the ad campaigns.

No cookies to display.

आर के त्रिपाठीले गरे महासचिब पदको उमेदवारी फिर्ता

ad1 ad1

युरोप घोषणा गरेको तर दर्ता नगरेको NRNA ICC महासचिब पदको उमेदवारी आर के त्रिपाठीले फिर्ता लिएको छन्

यस्तो लेख्छन् आर के त्रिपाठी :

विगतमा NRNA UK को सदस्य,प्रवक्ता,दुई कार्यकाल महासचिब NRNA ICC को लागी दुई कार्यकाल Honory Council Member NRNA ICC को दुई कार्यकाल Task Force Member भई काम गरेको नाताले मैले आउँदो NRNA ICC को अधिवेशन बाट चयन हुने कार्यसमितीको महासचिब पदमा उमेदवारी घोषणा गरि Deligate मतदाताहरु लाई मतदान गरि जिम्मेवारीदिन आग्रह गरेको थिएँ।

यो मेरो निवेदन लाई धेरै साथिहरुले सकारात्मक रुपमा लिनु भएको थियो।धेरै शुभचिन्तक साथिहरुले मेरो लागी भोट मागी प्रचारप्रसार शुभेक्षा प्रदान गर्नु भएको थियो।

आफू NRNA मा लामो समय काम गरेको, बेलायतमा रहि सिनियर सिभिल इन्जिनियर पदमा २० बर्ष काम गरेको,सामाजिक राजनैतिक रूपमा क्रियाशिल रहेको हुनाले मैले उमेदवारी दर्ता गराउने तिब्र इच्छा जाहेर गर्नु जायजै थियो जस्तो लाग्दछ।

अर्को तर्फ गुट,उपगुट राजनैतिक दाउपेच प्रवेश गरि थिलो,थिलो वा छिया,छिया पारिएको,विश्वास सौहाद्रता घटाईएको, सहमतिको नाममा महिने भागवण्डाले जगत हसाईएको पूर्व अध्यक्ष समेतको ठूलो समुह टुक्रिएर,छुट्टीएर अलग बसेको NRNA लाई विस्वासिलो,भरपर्दो,ऐकेबद्ध,पारदर्शी, NRN सरोकारको विशेष नितिगत एजेण्डामा नयाँपन दिन मैले मेरो उमेदवारी पेश गरेको थिएँ।

मेरो उमेदवारी घोषणा तयारी ढिलो भएको थियो तर पनि जायज न्याय  संगत थियो जस्तो लाग्दछ।

अधिकारीक उमेदवारी दर्ता गराउने,मतदाताले बहुमत दिए जिम्मेवारी लिने,विशेष नितिगत एजेण्डामा नयाँ पन दिने, टुक्रिएको NRNA लाई ऐकेबद्ध बनाउने, कम मत दिए बाहिरै रहेर NRNA लाई सहयोग गर्ने पक्षमा थिएँ।

तर केहि दिन अगाडी अकस्मात आँखामा समस्या आई बेलायतमा Emergency सल्यक्रिया गर्न परेको डाक्टरको सल्लाहमा केहि हप्ता देश बाहिर हिडडुल गर्न नमिल्ने भएकोले नेपालमा उपस्थिती भई उमेदवारी दर्ता गर्न असमर्थ भएको छु।

स्वास्थ पहिलो प्राथमिकता भन्ने नारा लाई आत्मासात गर्दै यस अगाबै घोषणा भएको तर अधिकारीक दर्ता नभएको मेरो NRNA ICC महासचिब पदको उमेदवारी फिर्ता लिएको छु।

मेरो उमेदवारीको पक्षमा वकालत गर्ने संपूर्ण मतदाता हरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु

पद आउँछ जान्छ/हिजो अरु थिए/आज हामी छौ/हामी भूपु हुँदैछौं/अरु नयाँ आउने छन् तर NRNA चाहिं अटल,पारदर्शी,भरपर्दो, विश्वासिलो गतिशिल बनाउनु पर्दछ भन्ने मान्यता राख्ने मान्छे हुँ

आज नभए वा नसके भोली,पालो सबैको आउँदछ नै भन्ने मान्यतामा मलाई विश्वास छ। इच्छा जाहेर गर्नु,प्रक्रियामा प्रवेश गर्नु,जित हारहुनु भविष्यमा सबै संगै हिड्न वा अटाउन सक्ने NRNA बनाउनु सबैको दायित्व हो।

हामी विदेशमा छौं।हामी मतदान गर्दा विवेक प्रयोग गर्न सक्ने भएका छौं। NRNA को चुनावि मैदानमा उठ्नु भएको सबै साथिहरु असल हुनुहुन्छ।असल मध्ये अब्बल छान्नु पर्ने हाम्रो दायित्व हुन्छ।

चुनाब पश्चात होनाहार साथिहरु नै जितेर आउनु हुनेछ भन्ने लाग्छ।कम मत आउनेहरु पनि हतोत्साहि नभई NRNA को हितमा उभिई अनबतरत सहयोग गरिदिनु हुन अनुरोध गर्दछु।

अन्तत यो अधिवेशन बाट निर्वाचित हुने कार्यसमितीको महासचिब पदमा स्वास्थको कारण उमेदवारी दर्ता गराउन असफल भए पनिसमय माग साथीहरुको माग सहयोग भयो दुई बर्ष पछि चयन हुने NRNA ICC को महासचिब पदमा पुन उमेदवारी दिने सोचमा छु।

त्यसको लागी आजै देखि NRNA हितमा काम गर्दै मेरो क्रियाशिलता,विश्वासनियता, गतिशिलता हार्दिकता सबै संग बढाउँदै जानेछु।

व्यक्तिको उमेदवारी हल्का,फिका वा गह्रौं भन्नु भन्दा पनि यि सबै विषय समयको माग हुनेछ भन्ने लाग्दछ।

मैले मात्र राम्रो? नै नेतृत्वमा आउनु पर्दछ?भन्ने सोच कहिले राखिन। नआउन पनि सक्छु तर संपूर्ण असल साथिहरु मध्ये अब्बलचाहिं आउनै पर्दछ।

यो पटक गुट,उपगुट बाट माथि उठी विवेक प्रयोग गरि मतदान गरि पाको भरपर्दो नेतृत्व चयन गरिदिनु हुनु संपूर्ण साथिहरुमा विशेषनमन गर्दछु।

स्नेही – आर के त्रिपाठी

Please follow and like us:
fb-share-icon0
Tweet 20

Leave a Reply

Your email address will not be published. Required fields are marked *