युरोपाटी सम्वाददाता ।
साइप्रस — गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, साइप्रसले पन्जिकृत सदस्यता खुलाइएको छ । गैर आवासीय नेपाली संघ साइप्रसले २०२३–२०२५ कार्यकालका सम्पूर्ण पञ्जीकृत सदस्यहरूलाई आगामी कार्यकाल २०२५–२०२७ का लागि सदस्यता नवीकरण गर्न तथा इच्छुक नयाँ सदस्यहरूले सदस्यता लिनको लागि पन्जिकृत सदस्यता खुलाइएको हो ।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद एनआरएनए साइप्रसका लागि अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) बाट स्वीकृत भइ आए बमोजिम १ मे २०२५ देखि लागू हुने गरी पन्जिकृत सदस्यता खुलाएको हो ।
सदस्यता मे १ देखि जुन ३० सम्ममा भरिसक्नु पर्ने भएको हो । अध्ययन तथा रोजगारीको सिलसिलामा युरोपको साइप्रस आएका नेपालीहरूलाई नयाँ सदस्यता लिनको लागि गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद एनआरएनए साइप्रसका महासचिव धाता नन्द पाण्डेले आग्रह समेत गरेका छन् ।
सदस्यता लिनको लागि ‘आफ्नो मोबाइलमा Smart NRNA एप्स अपडेट वा डाउनलोड गरी दर्ता प्रक्रिया पूरा गर्नुपर्ने र सदस्यता शुल्क १० युरो समेत राख्नुपर्ने हुन्छ, उनले भने ।
उनका अनुसार, रोजगारीको सिलसिलामा युरोपको साइप्रस पुगेका नेपालीहरूले सदस्यता लिन पाउने भएको हो । जसमा अध्ययनको लागि साइप्रस पुगेका नेपालीहरूको हकमा भने सदस्यता लिन पाउने छैनन् ।