कतार — अभिनेता अनमोल केसी र पल शाहको सम्बन्धको चर्चा नेपाली चलचित्र बजारमा सधै हुने गर्दछ। प्रदिप खड्का र पल शाह नेपाली चलचित्रका राम्रो साथी भएपनि अनमोलसंगको सम्बन्ध भने खासै सुमधुर नभएको चर्चा हुने गर्दछ।
यतिबेला पल र अनमोलको संगैको तस्विर बाहिरिएपछि भने दुवैको सम्बन्ध सोचेजस्तो खराब नरहेको अनुमान सुरु भएको छ। अनमोल र पल दुवै यतिबेला कतारमा रहेका छन्। कतारको एक कार्यक्रममा सहभागी हुन् पुगेका दुवैको संगै भिडियो पनि बाहिरिएको थियो।
भिडियोमा पलले आफ्ना सहयोगी जुरी ठाकुरलाइ अनमोललाई चिनाउदै गरेको देखिएको थियो। अनमोल र पल दुवैको फ्यान क्रेज लोभलाग्दो रहेको छ।