पोर्चुगल — पोर्चुगलका लागि नेपाली राजदूत महामहिम प्रकाशमणि पौडेलले लिस्बनस्थित एकीकरण, आप्रवासन र शरण एजेन्सी (एआईएमए) को अध्यक्ष पेड्रो पोर्चुगल गेस्पाबीच महत्वपूर्ण भेटवार्ता गर्नुभएको छ । उक्त भेटवार्ता बिहिबार जुलाई १० तारिख एआईएमएको कार्यालयमा भएको हो ।
उक्त भेटवार्तामा राजदूत पौडेलले एआईएमएले हाल राजदूतावासको अनुरोधमा नेपाली समुदायका कागजात प्रमाणिकरणमा विभिन्न प्रकारले सहजिकरण गरिदिएकोमा धन्यवाद समेत व्यक्त गर्नुभएको थियो ।
भेटवार्तामा आपसी सहकार्य, आप्रवासी नेपालीको हितका विषयहरू तथा समसामयिक मुद्दाहरूमा विचारविमर्श गरिएको थियो । दुवै पक्षले आगामी दिनमा आपसी सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजाने विश्वास व्यक्त गरेका थिए ।
त्यस्तै उक्त भेटवार्तामा राजदूत पौडेल लगायत राजदूतावासका द्वितीय सचिव रामबाबु नेपाल समेत सहभागी हुनुभएको थियो ।