Home Login
प्रवास

चर्चित लोकदोहोरी गायिका शान्ति श्री परियार तीजको अवसरमा युरोप भ्रमणमा

माल्टा —  नेपाली लोकदोहोरी क्षेत्रकी प्रख्यात गायिका शान्ति श्री परियार, हिन्दू नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा युरोपका विभिन्न देशमा आफ्नो सांगीतिक प्रस्तुति दिन युरोप आउने भएकी छिन् । उनको यो पहिलो युरोपेली सांगीतिक यात्रा माल्टाको राजधानी भ्यालेटाबाट अगस्ट ९ तारिखमा सुरु हुने भएको छ ।

“नेपाली भाषा, नेपाली संस्कृति र नेपाली चलचित्रलाई माया र प्रवर्द्धन गरौँ” भन्ने मूल नाराका साथ स्थापित गुरुङ के.एन.एस इन्टरटेनमेन्ट र मामा इभेन्ट्सले यो भव्य कार्यक्रमको आयोजना गरेको हो । केन्द्र मोशन पिक्चर्स कार्यक्रमको प्रमुख प्रायोजक रहेका छन् । पछिल्लो समय स्वदेश तथा विदेशका मेला महोत्सवमा निकै व्यस्त रहँदै आएकी गायिका परियार तीजको अवसर पारेर युरोपमा रहेका नेपाली दर्शकमाझ आफ्नो सांगीतिक कोसेली पस्कन लागेकी हुन् ।

आयोजकका अनुसार, गायिका परियारको युरोप सांगीतिक यात्राको तालिका निकै व्यस्त रहनेछ । उनको कार्यक्रम तालिका क्रमश : अगस्ट ९ : भ्यालेटा, माल्टा, अगस्ट १० : बुखारेस्ट, रोमानिया, अगस्ट १५ : लोड्ज, पोल्याण्ड, अगस्ट १६ : ह्याम्बर्ग, जर्मनी, अगस्ट १७ : पेरिस, फ्रान्स, अगस्ट १८ : एम्स्टर्डम, नेदरल्याण्ड, अगस्ट २०: ब्रुग, बेल्जियम, अगस्ट २३ : स्टकहोम, स्वीडेन, अगस्ट २४ : गोथेनबर्ग, स्वीडेन, अगस्ट २५ : एन्टवर्प, बेल्जियम, अगस्ट २८ : हेलसिंकी, फिनल्याण्ड, अगस्ट ३० : एथेन्स, ग्रीसमा कार्यक्रम रहेको छ ।

हालसम्म ३ हजारभन्दा बढी गीतमा आफ्नो सुमधुर स्वर दिइसकेकी शान्ति श्री परियारका अनगिन्ती गीतहरू लोकप्रिय छन् । विशेषगरी, प्रकाश सपुतसँगको सहकार्यमा रहेको ‘बोल माया’ र ‘गलबन्दी’ गीतले उनलाई चर्चाको शिखरमा पुर्‍याएको थियो । उनका ‘पछ्यौरी’, ‘मै हुँ शिवको शिवानी’, ‘मायालु आजैलाई’, ‘बिस्ताराले पोल्यो’, ‘घुमी घुमी’, ‘काउली’, ‘घर कता हो बैनीको’ जस्ता गीतहरू दर्शक तथा श्रोतामाझ अत्यन्तै लोकप्रिय छन् ।

गुरुङ के.एन.एस इन्टरटेनमेन्ट र मामा इभेन्ट्सले विगत लामो समयदेखि युरोपमा नेपाली चलचित्र प्रदर्शन तथा विभिन्न सांगीतिक कार्यक्रमहरू आयोजना गर्दै आएका छन् । यस कार्यक्रमले युरोपमा बसोबास गर्ने नेपालीहरूलाई नेपाली कला, संस्कृति र संगीतसँग जोड्ने विश्वास लिएको छ गुरुङ के.एन.एस इन्टरटेनमेन्टका सञ्चालक किरण गुरुङले युरोपाटीलाई बताउनुभयो । 

उक्त कार्यक्रमसम्बन्धी थप विस्तृत जानकारीका लागि आयोजक गुरुङ के.एन.एस इन्टरटेनमेन्ट र मामा इभेन्ट्सलाई सिधै सम्पर्क गर्न सकिनेछ ।

(तस्बिरमा – गायिका परियारको युरोप सांगीतिक यात्राको तालिका)

Leave a Reply