फिल्म — दिमाग खराब

ad1 ad1

फिल्म — दिमाग खराब : नारायण पराजुली लेख्नु हुन्छ ।

दिमाग खराब सामाजिक , अलि बढी राजनितीक बिषय बोकेको फिल्म हो , यति त फिल्म हेर्नु अघि बुझ्नै पर्छ । अब TV खोल्यो राजनिती , फेसबुक खोल्यो राजनितीकै कुरा , चिया पसल गयो त्यता पनि कुरो राजनितीकै छ , फिल्ममा पनि के राजनिती हेर्नू यार ? भन्ने पनि लाग्ला ।  के राजनीति जस्तै फिल्म पनि बिरक्तलाग्दो , दिमाग खराब गराउने खालको छ त ?

जवाफ – बिल्कुलै छैन । मज्जा आउने वाला छ ।

हरेक फिल्मको बिषय , कथा , अभिनय ,प्रस्तुती,  प्राबिधिक कुरो सबै आफ्नो ठाउमा हुन्छन, ती सबैको उदेश्य हो ,  फिल्म हेरिरहदा दर्शक फिल्ममा केन्द्रित ( Engage )  हौंउन  , जस्ले दर्शकलाई  आनन्द दिन्छ वा मजा आउछ । दिमाग खराबको बलियो पक्ष  यहि नै हो । सामान्य कथा , सामान्य पात्र ,  कथा भन्ने उहीँ पुरानै तरिकाको शैलीका बाबजुत बलियो संग स्थापित पात्र , ती पात्रका जिबनमा पटक पटक आईरहने उताबचडाबकै कारण फिल्मले पूरा साढे २ घन्टा दर्शकलाई बाधेर राख्ने काम गर्छ । ( मलाई चाहिँ राख्यो ) निश्चल बस्नेतको खुबि सायद यहि नै हो , जस्ले सामान्य कथामा दर्शकलाई अन्तिम सम्म होल्ड गराउछन । त्यस हिसाबले निर्देशक निश्चल बस्नेत सफल छन । र लेखक पनि ।

खगेन्द्र, स्वस्तिमा, दयाहाङ, अर्पण, बिजय बराल जस्ता कलाकार भएपछी अभिनयको त कुरा गर्नै परेन। । स्वस्तिमा झन अब्बल देखिएकि छिन ,  अन्यको लय उस्तै छ । तर  खगेन्द्र लामिछाने उन्को पात्र इन्द्र शर्माका रुपमा अलि अलग देखिन चाहिँ मेहेनत गर्न सकिने ठाउँ थियो । अभिनयमा खोट लगाउने ठाउँ नभए पनि अर्पनको नेता पात्रको चतुर्यतालाई अझै मजाले लेख्न सकिन्थ्यो कि जस्तो महसुस हुन्छ ।  निर्माताले मजैले गरेको खर्च पर्दामा देखिएको छ । फिल्मलाई प्राबिधिक रुपमा समेत अब्बल बनाउन कुनै ठाउँ बाकी राखिएको छैन । बेलाबेलामा कर्कस ब्याकग्राउन्ड म्युजिक भने अलि कम भए हुन्थ्यो भन्ने चाहिँ लाग्यो ।

कमजोरी नै नभएको त हैन, दशौ कमजोरी छन फिल्ममा, थुपै प्रश्न गर्ने ठाउँ  पनि छ  तर फिल्मले प्रस्तुत गरेको बिचार संग धेरै मान्छे सहमत हुँदै गरेको अबस्था छदै छ ,  फिल्मकै जस्तो राजनितीक परिवेशको महसुस गरेको धेरै पनि भएको छैन ,  ताजा नै छ । फिल्मी शैलीको त्यस्तै परिस्थितिले रोमान्चित गराउने भै गो ।  पात्र, तिन्को सम्बाद र आउने परिस्थिति ले हसाउछ,भावुक बनाउछ , पटक पटक ताली र सिठी पनि बजाउन मन लाग्छ । घटनाक्रम सङै आउने गितले झन बढी Engage भैन्छ । फिल्मको अन्त्य अझै रोचक रुपमा प्रस्तुत गर्न सकिने ठाउँ भए पनि अन्तिममा दर्शक खुसी हुँदै हलबाट निस्कन्छन । फिल्म हेर्दा यति नै हैन र चाहिने?

त्यसैले फिल्म हेर्नलायक छ । कम्तिमा एकपटक हेर्दा पछुतो चाहिँ हुन्न ।  तर तपाईको राजनैतिक बिचार  चाहिँ हलबाहिर छोड्न पर्ला , अन्यथा भन्न सकिन्न ।

Please follow and like us:
fb-share-icon0
Tweet 20

Leave a Reply

Your email address will not be published. Required fields are marked *