गैरआवासीय नेपाली संघ द्वारा विदेशमा रहेका खेलाडीलाई सहयोग गर्ने

पोर्तुगल । गैरआवासीय नेपाली संघका प्रवक्ता फणिन्त पन्तका अनुसार आइतवार बसेको संघको पदाधिकारी बैठकले  विदेशमा रहेका नेपाली खेलाडीहरुलाई आवश्यक पर्ने सहयोग गर्ने  निर्णय गरेको छ । पोर्तुगल निवासी निशान हमाल नेपालको राष्ट्रिय टिममा छनोट भएकोमा बैठकले बधाई ज्ञापन गर्दै तथा खुशी व्यक्त गरेको छ ।

यस्तै, माल्टा निवासी सुरज दराइ, माल्टाको राष्ट्रिय पुरुष क्रिकेट टिममा र सुस्मा दाहाल, ज्योति न्यौपाने र प्रतिभा भण्डारी माल्टाको महिला राष्ट्रिय क्रिकेट टिममा छनोट हुनुभएकोमा उनीहरुको प्रोत्सान स्वरुप जनही रु १ लाख सहयोग गर्ने निर्णय गरेको छ ।

बैठकले नेपाली राष्ट्रिय क्रिकेट टिम अन्तराष्ट्रिय टि २० मा छनोट भएकोमा राष्ट्रिय टिमलाई हार्दिक बधाई ज्ञापन गरेको छ । खेलाडीहरुको सम्मानको लागि संघले तत्काल रु १० लाख सहितले सम्मान गर्ने निर्णय गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *