एलिना चौहानको साथमा नयाँ वर्ष धमाका साइप्रसमा : एनआरएनए साइप्रस

सम्झना कार्की — साइप्रस । गैरआवसीय नेपाली संघ(एनआरएनए) राष्ट्रिय समन्वय परिषद साइप्रसले आउदै गरेको नेपाली नयाँ बर्ष २०८१ को स्वागत गर्दै कलाकारहरुको साथमा नयाँ बर्ष मनाउने तयारी गरेको छ ।

नेपालीहरुको नयाँ वर्ष २०८१ लाई विशेष बनाउन नयाँ वर्षको स्वागतार्थ आउदो अप्रिल १४ तारिख कार्यक्रममा आफ्नो सांगीतिक प्रस्तुति दिन नेपालबाट पछिल्लो समयकी चर्चित गायिका एलिना चौहान लगाएतको साँस्कृतिक मनोरञ्जनात्मक बजोड प्रस्तुती रहने भएको छ ।


संस्थाको संस्थागत विकास र सवलीकरणको र संस्थाको आर्थिक उन्नतिको लागि आर्थिक अभियान संचालन गरिएको विषय जानकारी दिदै नेपाली नयाँ वर्ष मनाउनेमा मात्र सीमित नभएर नेपालको पर्यटन प्रबधनमा समेत टेवा दिने उद्देश्यले आयोजना गर्न लागिएकोले पायक पर्ने सम्पूर्णलाई कार्यक्रममा उपस्थित भई मनोरञ्जन लिन आयोजकले आग्रह समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *