धरान फुटबल क्लब द्वारा आयोजना गरेको प्रथम बुढासुब्बा कप सम्पन्न

पोर्चुगल । आइतबार मार्च ३१ तारिख धरान फुटबल क्लब द्वारा आयोजना गरेको प्रथम बुढासुब्बा कप सम्पन्न भएको छ । २२ टिम सहभागी भएको खेलमा बेलायतबाट सहभागी भएको B1C फुटबल क्लबले प्रथम बुढासुब्बा कप उचालेको छ।

बेलायतबाट सहभागी भएको B1C फुटबल क्लबले फाइनलमा NEP-FAM सँग ०-१ गोरको अन्तरले जित हात पारेको थियो।

२२ टिम सहभागी भएको खेलमा बेलायतबाट आएको B1C फुटबल क्लबले सजिलैसँग जित हात पारेको हो।

अहिलेसम्मकै ठूलो धनराशि भएको यस प्रथम बुढासुब्बा कपमा प्रथम पुरस्कार रु. ५००० र द्वितीय पुरस्कार २५०० रहेको थियो । प्रथम बुढासुब्बा कपमाको खेलमा नेफाम क्लब बाट जंगु शेर्पाले (सर्वाधिक गोलकर्ता) प्राप्त गरेका थिए। उत्कृष्ट खेलाडीको (B1C) क्लबबाट इबान गुरुङले प्राप्त गरेका थिए।

त्यस्तै प्रथम बुढासुब्बा कपमाको खेलमा उत्कृष्ट खेलाडीको (B1C) बाट ईश्वर तामाङले प्राप्त गरेको थिए । उत्कृष्ट गोलकिपरको लागि (नेफाम) क्लबबाट हिमाल गुरुङले प्राप्त गरेका थिए। त्यस्तै उत्कृष्ट डिफेन्डरमा (DFC) क्लब बाट निर्दोष हमालले प्राप्त गरेका थिए।

हामीले जानकारी प्राप्त गरे अनुसार धरान फुटबल क्लब द्वारा आयोजना गरेको प्रथम बुढासुब्बा कपमा खेल हेर्न आउने दर्शकहरू २५०० देखि ३००० को हारा-हारीमा रहेका थियो ।

धरान फुटबल क्लब द्वारा आयोजना गरेको प्रथम बुढासुब्बा कपमा प्रथम र द्वितीयलाई पुरस्कारको लागि  ५००० / २५०० यूरो , प्रमाणपत्र र मेडल रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *