Home Login
पोर्चुगल

भिजन स्पोर्ट्स क्लब पोर्चुगल द्वारा नेपाली नयाँ वर्ष २०८१ इब मनाउदै

पोर्चुगल । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीहरूले यहीँ आउँदो २०८१ नेपाली नयाँ वर्ष मनाउने भएका छन्।

भिजन स्पोर्ट्स क्लब पोर्चुगलले आयोजना गरेको यस कार्यक्रम यहीँ आउँदो अप्रिल १२ तारिख हुन भएको छ।

पोर्चुगलमा रहेको स्थानीय कलाकारहरू र स्थानीय डिजेहरूको साथमा नेपाली नयाँ वर्ष धुम-धामसँग मनाउने भएको हुँदा आयोजकले पोर्चुगलमा छरेर बसेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई निमन्त्रणा समेत गरेको छ ।

कार्यक्रममा र्यापर UDANScratch Built ब्यान्डले पनि बेजोड प्रस्तुति दिनेछन्। नेपाली नयाँ वर्ष मनाउने यस कार्यक्रममा डीजे फराय र डीजे रेजिनाले दर्शकहरुलाई मनोरञ्जन दिनेछन्।


कार्यक्रम यहीँ अप्रिल १२ तारिख Lisboa Ao Vivo मा हुने भएको हो। नेपाली नयाँ वर्ष कार्यक्रम बेलुकी ८ बजेदेखि बिहान ४ बजेसम्म हुने भएको हो ।

आयोजकले कार्यक्रमको लगि टिकट तीनवटा श्रेणीमा छुटाएको छ। टिकट केटीको लागि पाँच युरो रहेको छ भने केटाको लागि १५ युरो रहेको छ। र भिआइपीको लागि ३५ युरो छुट्टाएको छ ।

टिकेटको लागि सम्पर्क नम्मर निरज गुरुङ 920077019 र बिपिन श्रेष्ठ 920139660 को नम्बरमा सम्पर्क गर्नुहुनको लागि आयोजकले अनुरोध समेत गरेको छ।

अफिसियल पार्टनरहरु ग्रिल एण्ड चिल ओलामिगो, दियालो रेस्टुरेन्ट ,काठमाण्डु रेस्टुरेन्ट ,गुड लक ट्राभल र प्रिन्स क्याफेमा समेत टिकट उपलब्ध रहेको छ ।

कार्यक्रम Av. Mar. Gomes da Costa 29 B1, 1800-255 Lisboa मा हुने छ ।

Leave a Reply