केजिन राई ।
काजाब्लांका ,क्यासेल्लो ।
गैर आवासीय नेपाली संघ बेल्जियमले जाजरकोटको भुकम्पबाट क्षतिग्रस्त भएको बिद्यालयको पुनर्निर्माण गर्न च्यारिटी सांस्कृतिक साँझ आयोजना गरेको छ ।
गत सोमबार लुभेन स्थित डोनबोस्को हल क्यासेल्लोमा आयोजित सांगितिक कार्यक्रमबाट प्राप्त आम्दानी बिद्यालय पुनर्निर्माण गरिने एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटाले जानकारी गराउनु भएकोछ ।
बेनेलक्स र युरोपियन युनियनका लागि राजदुत गेहेन्द्र राजभण्डारी उदघाटन गर्नु भएको च्यारिटी सास्कृतिक कार्यक्रमको ससभापतित्व अध्यक्ष सापकोटा , सन्चालन राजेन्द्र कार्की र स्वागत कार्यक्रम संयोजक योगेन्द्र श्रेष्ठले गरेका थिए ।
नेपाल आदिबासी जनजाति महासंघ बेल्जियम कावा अध्यक्ष मुना राई , शेर्पा समाज अध्यक्ष पेम्बा शेर्पा , तमु समाज अध्यक्ष होम गुरुंग , एनआरएन बेल्जियम उपाध्यक्ष समेत रहेकी किरात राई सोसाईटी बेल्जियम अध्यक्ष इन्दिरा चाम्लिंग , तामांग समाज अध्यक्ष राम लामा ,तमु धी अध्यक्ष संगिता तमुसियो,ब्यबशायी संघ अध्यक्ष चिरण खवास , एनआरएन आईसीसी उपाध्यक्ष गंगाधर गौतम , सचिब लोक प्रशाद दाहाल , पुर्ब अध्यक्ष प्रेम गुरुंग , नेपाली जन प्रगतिशिल मन्च अध्सक्ष प्रकास पोडेल ,,युरो नेपाल कलाकार संघ अध्यक्ष बलराम पुन लगायत तिन दर्जन बढी संस्था अतिथी थिए ।
उपाध्यक्ष काशी दनै , लोकेन नेपालले सहयोगीहरूबारे प्रकाश पारे ।स्थानिय कलाकीरहरूले समेत बिभिन्न गीतहरूमा नृत्य पस्किएका थिए ।
कार्यक्रममा सहयोगदाताहरूलाई ससम्मानित गरिंएको थियो !
च्यारिटी – सांगितिक कार्यक्रममा भ्वाईस अफ नेपालका बिजेता किरण गजमेर र लाहुरे कान्छा लगायतका स्थानीय कलाकारहरुले मनोरन्जन दिएका थिए ।
बेल्जियमसंग जोडिएका वरपरकाछिमेकी देशहरू नेदरल्यान्ड, जर्मनी, लग्जेम्बर्ग र फ्रान्सका एनआरएनएका अध्यक्षहरु पनि कार्यक्रममा उपस्थित थिए ।
नयाँ बर्षको शुभकामना आदान प्रदानका साथै मनोरन्जन र खानपानको ब्यबस्था पनि गरिएको थियो ।
हाल सम्म अनुमानित ३० लाख रूपैया जम्मा भै सकेको र बिधालयको ४ कोठे पक्की भवन नै निर्माण गर्न रकम पुग्ने कुरा अध्यक्ष सापकोटाले बताईन ।