आप्रवासीहरूले AIMA को मुख्यालय (पुरानो SEF) मा हिजो विरोध गरे

पुस्तक रेग्मी ।

पोर्चुगल । फिङ्गर गरेर रेसिडेन्टी कार्ड नदिएपछि आप्रवासीहरूले पोर्चुगलमा आन्दोलन सुरु गरेका छन्। विशेषगरी आन्दोलन गर्नेहरूमा पाकिस्तान, बङ्गलादेश र इन्डियन रहेका छन्।

आप्रवासीहरूको लागि सजिलो मानिने देश पोर्चुगल अहिले फिङ्गर गरेको १० महिना ११ महिना अथवा १५-१६ महिना पुगिसक्दा पनि रेसिडेन्टी कार्ड नआइसकेपछि उनीहरुले आन्दोलन सुरु गरेका हुन् ।

आप्रवासीहरूले अप्रिल १८ हिजो लिस्बनमा AIMA को मुख्यालय (पुरानो SEF) मा विरोध गरेको हो । किनभने उनीहरूले आफ्नो रेसिडेन्टी कार्ड आउनको लागि ढिलाई भएपछि उनीहरूले आन्दोलन सुरु गरेका हुन्।

पोर्चुगलमा बसोबास गर्ने र काम गर्ने धेरै आप्रवासीहरूले पहिलो पटक पोर्चुगल रेसिडेन्सी कार्ड प्राप्त गर्न वा अवस्थित कार्ड नवीकरण गर्न, विशेष गरी गत वर्षमा लगभग असम्भव महसुस गरिरहेका छन्। तिनीहरूले आफ्नो कार्ड नवीकरण गर्न कठिनाइहरू र केही अवस्थामा, AIMA सँग सम्पर्कमा रहन वा भेटघाटको समय तालिका बनाउन नसक्ने बारेमा दैनिक गुनासो गरिरहेका छन्। यो विरोध मार्च ४ मा पोर्टिमाओमा अघिल्लो प्रदर्शन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *