म्युजिक ल्याब द्वारा गोल्डेन ईन्टरनेशनल म्युजिक अवार्ड आयोजना हुदै

युरोप । नेपाली गीत संगीतलाई विगत १० वर्षदेखि निगल्दै आइरहेको म्युजिक ल्याब कम्पनीले मलेसिया ,सिङ्गापुर र थाइल्याण्डमा कला र सिर्जनाको सम्मान स्वरुप गोल्डेन ईन्टरनेशनल म्युजिक अवार्ड कार्यक्रम गर्ने भएको छ ।

जिरो देखि नेपाली गीत संगीतलाई नियाल्दै आइरहेको कम्पनी म्युजिक ल्याबले विगत धेरै सांगीतिक कोसेलीहरु बजारमा ल्याएर दर्शक सामु थुप्रै माया पाइरहेको छ।नेपाली गीत संगीत संरक्षण सम्बर्द्धन र उत्थान कार्यमा अतुलनीय भूमिका निर्वाह गर्दै आएको म्युजिक ल्याब कम्पनीले नेपाल र नेपालीलाई विश्वसामु चिनाउने प्रयास गरिरहेको छ ।

विभिन्न देशको सांगीतिक यात्रा सँगसँगै थाईल्याण्डको बैंककमा गोल्डेन ईन्टरनेशनल म्युजिक अवार्ड आयोजना गर्ने भएसँगै अहिले सामाजिक सञ्जाल फेसबुक तिर कार्यक्रमको पोस्टरहरू पोस्ट भइरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *