Home Login
संघ-संस्था

साइप्रसमा अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटि शाखा गठन

एलिया लिम्बु
साइप्रस । अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटि साइप्रस शाखा गठन भएको छ । जुन ११ मंगलबार साईप्रसको सुन्दर सहर लिमासोमा एक कार्यक्रम गरी साइप्रस शाखा गठन भएको हो।

नेपाली सेफहरु भान्से पेशामा आवद्व रहेर विश्वका हरेक कुनामा छरिएर रहनु भएका अग्रज सेफहरुको सम्मान गर्दै नेपाली खानालाई विश्व माझ परिचित गराउन निरन्तर एकतावद्व भएर लाग्नु पर्छ भन्ने हेतुका साथ यो समाज साइप्रसमा पनि गठन भएको हो।

जुन ११ मंगलबार साइप्रसको सुन्दर शहर लिमासोल स्थित नेपाली रेष्टुरेन्ट गोर्खा किचनमा रेस्टुरेन्टमा प्रत्यक्ष रुपमा कार्यसमिति निर्माण गर्नका निमित्त भर्चुअल माध्यमबाट सल्लाह ,सुझाव र हौसला प्रदान गर्नुहुने बरिष्ठ सेफ तथा अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीका अध्यक्ष सेफ अरुण अधिकारिको सल्लाह बमोजिम अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी साइप्रसका संयोजक सेफ युवराज तामाङ् , सहा-संयोजक सेफ सुदर्शन लामा (नेगी) अघुवाई र सल्लाहकार सेफ हरिराम घिमिरे ,सल्लाहकार तथा मिडिया पार्टन समिप मिंयाको सल्लाह अनुरुप निम्न कार्यसमिति गठन हो ।


अध्यक्षमा रेशम बहादुर लामा ,वरिष्ठ उपाध्यक्षमा रवि चन्द्र राई ,उपाध्यक्षमा प्रदिप तामाङ ,पियुस लामा (नेगी) ,रेशम पाण्डे ,बलराम खतिवडा तथा महासचिवमा गोपाल प्रसाद तिमल्सिना , कोषाध्यक्षमा लाल बहादुर बुढा मगर तथा प्रथम-सहकोषाध्यक्षमा अरुण तामाङ
, सहकोषाध्यक्षमा राम पाख्रिन ,सचिवमा नबिन चौलागाई र सहसचिवमा पुर्ण बहादुर श्रेष्ठ रहेका छन् ।

त्यस्तै सदस्यहरुमा अबी लामा ,लक्ष्मण अमन ,विवेक मगर ,सुर्य तामाङ् ,बियान लामा ,बिजय मथियल,सुमन पाण्डे ,खुम अधिकारी,ज्यो-ज्यो मगर ,कविन्द्र श्रेष्ठ ,प्रशुराम राई,दिवास  गुरुङ,राजाराम बस्नेत ,सरोज तामाङ् ,लक्ष्मण अङ्गाई ,गजल लामा ,दिपेश गुरुङ ,मनोज कुमार गुराई ,रोजन लामा र मनोज श्रेष्ठ रहेका छन् ।

 

Leave a Reply