राहदानी नविकरणका लागि पोर्चुगलमा घुम्ती सेवा सञ्चालन हुने

पोर्चुगल । यदि तपाईंहरूको आफ्नो राहदानी हराएको ,बिग्रिएको , हालसम्म म्याद सकिएको, २०२५ जुलाईसम्म म्याद भएकाहरु र पोर्चुगलमा जन्मिएका बालबालिका छ भने अब यहीँ आउँदो अगस्ट २ तारिखदेखि ११ तारिख (२०८१ साउन १८ देखि २७ गतेसम्म) पोर्चुगलको राजधानी लिस्बनमा राहदानी नविकरण सम्बन्धी घुम्ती सेवा सञ्चालन हुने भएको छ ।

राहदानी नविकरणका लागि नेपालवाट २ जना र फ्रान्स वाट १ जना गरि ३ जनाको टोली पोर्चुगल आउने भएको हो।

यो लिङ्क emrtds.nepalpassport.gov.np/  क्लिक गरेर फारम भर्नुहोला।फर्म भरेर एप्रुभ भएपछि फ्रान्स एम्वेसीको एकाऊनेटमा राजस्व तिर्नु पर्ने हुन्छ ।फारम भरिसकेपछि यहाँको डेट समय लिन तलको लिङ्कमा क्लीक गरेर यहाँको डेट लिनु होला ।

docs.google.com/forms/u/0/d/19Fn7Pv0TQUsDFcCNBTtSidp1FPDtPW9FQh8CDbdiMn4/viewform?ts=66937b4e&edit_requested=true

दरखास्त संकलनको कार्य प्रत्येक दिन बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म रहने भएको छ ।

नोट : पैसा राजस्व तिर्नको लागी जसको फर्म भरेर भेरिफिकेसन हुन्छ ऊनीहरुलाई वाटसप या मेलमा नै पैसा तिर्नको लागी खाता नम्बर आऊने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *