गायक बिष्णु खत्रीको बिदाई कार्यक्रम सम्पन्न

  • सुबास चाम्लिंग

बेल्जियम । अहिले संगीत क्षेत्रका चर्चित कलाकार बिष्णु खत्रीलाई बेल्जियमबाट बिदाई गरिएको छ ।

मुलत: लोक भाकाका होनहार गायक बिष्णु खत्रीलाई बाग्लुंग समाज बेल्जियमले हिजो बिदाई तथा सम्मान कार्यक्रम क्यासेल्लो स्थित पार्क ईन नजिकै गरिएको हो।

बिदाई तथा सम्मान कार्यक्रममा गायक खत्रीले भाबुक भएर भने बाग्लुंग र सिंगो नेपालमा अनगिन्ति प्रतिभाहरू छन ।मैले मात्र नभई अरूहरूको लागि पनि बिदेशमा कार्यक्रमको लागि चाजोपाजो मिलाई दिनु होला ।


अंग्रेजी र समाजशास्त्रमा माष्टर्स गरेको बौद्धिक र पन्चैबाजाका सर्जक तथा गायक खत्रीले भने लोप हुनै लागेको पन्चैबाजा युरोपमा र सिंगो नेपालमा चर्चित रहेको पाऊदा सुखानुभूति रहेको बताए । उनले भने अर्को एक प्रसंगमा भने युरोप टुरबाट मैले धेरै सिके ,जतिम मा ज्ञानै थिएन ।

बाग्लुंग समाज बेल्जियमका अध्यक्ष महेन्द्र पन्तको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष हरि रोकाले स्वागत र सचिब हरि शर्माले सन्चालन गरेका थिए ।

कार्यक्रममा एनआरएन बेल्जियमका पूर्ब अध्यक्ष गंगाधर गौतम , अन्तराष्ट्रीय पर्बत समाजका निबर्तमान अध्यक्ष झलक केसी , निबर्तमान आईसिसी सदस्य गंगा शर्मा लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

यसैबिच जन प्रगतिशिल मन्च युरोप र नेपाली जनप्रगतिशिल मन्च बेल्जियमले हिजै गायक खत्रीको बिदाई र सम्मान कार्यक्रमको आयोजना गरेको छ ।

सो सम्मान कार्यक्रममामन्चका अध्यक्ष चित्र सुबेदी ,महासचिब कल्पना मगर , आदिबासी जनजाति महासंघ बेल्जियम अध्यक्ष बिरमान मगर , एनआरएन बेल्जियम महासचिब रूबिना शर्मा लगायतले शुभकाना मन्तब्य दिएका थिए ।


तिन महिने युरोपको सांगितिक यात्रामा बेल्जियममा रहेका गायक बिष्णु खत्रीले बेल्जियम ,फिनल्यान्ड, नर्बै ,डेनमार्क , माल्टा ,पोर्चुगल , स्पेन ,अष्ट्रिया ,चेक रिपब्लिक , लक्जेम्बर्ग ,फ्रान्स ,स्वीटजरल्याण्ड ,जर्मनी लगायत देशहरूमा आफ्नो कलाको प्रस्तुति दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *