Home Login
मनोरंजन

तमु समाज पोर्चुगलद्वारा हुने तीज विशेष सांस्कृतिक कार्यक्रमको तयारी पूरा

(चर्चित गायक मिलन लामा र चर्चित गायिका सुनिता दुलालको साथमा तमु समाज पोर्चुगलद्वारा भोलि अगस्ट २४ तारिख शनिबारको दिन तीज विशेष सांस्कृतिक हुने कार्यक्रमको तयारी पूरा भएको छ।)

पोर्चुगल । तमु समाज पोर्चुगलद्वारा चर्चित गायक मिलन लामा र चर्चित गायिका सुनिता दुलालको साथमा तीज विशेष सांस्कृतिक कार्यक्रम भोलि हुने भएको छ।

कार्यक्रम भोलि अगस्ट २४ तारिख शनिबारको दिन हुने भएको हो। कार्यक्रममा राष्ट्रिय कलाकार सहित स्थानीय कलाकारहरूको पनि बेजोड प्रस्तुति रहने तमु समाज पोर्चुगलका महासचिव गनि गुरुङले बताए ।

कार्यक्रम पोर्चुगलको प्रसिद्ध धार्मिक स्थल राधाकृष्ण मन्दिरमा हुने भएको हो। कार्यक्रमको लागि टिकट शुल्क १० युरो छुट्टाएको छ भने कार्यक्रम बेलुकी ४ बजेदेखि सुरु हुने भएको छ।

Leave a Reply