पोर्चुगलमा संघ-संस्थाहरूको तीज कार्यक्रम कस्तो रह्यो ? (पूरा पढ्नुहोला)

(हरितालिका तीज नजिकिँदै गर्दा युरोपेली मुलुक पोर्चुगलमा पनि तीज विशेष कार्यक्रमहरू दमादम भैरहेको छ। चालीस,पचास हजारको हराहारीमा नेपालीहरू बसोबास गर्ने युरोपेली मुलुक पोर्चुगलमा नेपाली चाडबाडहरूमा थुप्रै कार्यक्रमहरू भइरहेको पाइन्छ) 

युरोपेली मुलुक पोर्चुगलमा लगभग तीजको माहोल सकिसकेको छ भन्दा पनि फरक नपर्ला,किनभने अब सघ-संस्थाहरूले मनाउने तीज सकिसकेको छ।हुन त अझै तीज आउन चार पाँच दिन मात्रै बाँकी रहँदा पनि पोर्चुगलमा संघसंस्थाहरुले तीज आउनुभन्दा पहिले नै तीज विशेष कार्यक्रमहरु गरिसकेका छन् ।

अगस्ट २५ तारिख पोर्चुगलमा दुईवटा संस्थाको तीज विशेष कार्यक्रम सम्पन्न भएको थियो। लमजुङ समाज पोर्चुगलको चौथो अधिवेशन घोषणा तथा तीज विशेष दर खाने र चर्चित गायक मिलन लामाको साथमा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको थियो भने अर्को ठकुरी समाज पोर्चुगलले राष्ट्रिय कलाकारहरुको साथमा दर सहित तीज विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको थियो।

पोर्चुगलमा क्रियाशील संस्था सुदूर पश्चिमेली नेपाली समाज पोर्चुगलले पनि अगस्ट २५ आइतबारकै दिनमा गौरा पर्व तथा तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

त्यस्तै गत अगस्ट १८ गते पनि गुल्मी समाज पोर्चुगलको वार्षिक साधारण सभा तथा तीज विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।

विशेषगरी पोर्चुगलमा कार्यक्रम हुने दिन भनेको आइतबार र सोमबार देखिन्छ किनभने प्रायजसो : अधिकांश नेपालीहरूको कामको छुट्टी अथवा बिदाको दिन पनि त्यही दिनमा हुने भएकाले संघ-संस्थाहरुले पनि त्यही दिनलाई मध्यनजर गर्दै कार्यक्रमहरु राख्ने गरेको पाइन्छ।

चर्चित गायक मिलन लामा र चर्चित गायिका सुनिता दुलालको साथमा पनि तमु समाज पोर्चुगलले गत अगस्ट २४ तारिख शनिबारको दिन पोर्चुगलको प्रसिद्ध धार्मिक स्थल राधाकृष्ण मन्दिरमा तीज विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको थियो।

त्यसो त गायक मिलन लामा र गायिका सुनिता दुलाल सांगीतिक कार्यक्रमको लागि युरोप आएका थिए। त्यही युरोप आएको बेलामा सघ-संस्थाले पोर्चुगलसम्म ल्याएर सांगीतिक कार्यक्रमहरू गराएका थिए।

म्याग्दी प्रवासी नेपाली संघ (मोना) पोर्चुगलले पनि  विगतका बर्षहरुमा झै यस बर्ष पनि हिन्दु नारीहरुको महान चाड हरितालिका तिजको अवसरमा दर खाने कार्यक्रम गत अगस्ट ३१ तारीखका हाम्रो चौतारी रेस्टुरेन्ट एण्ड कल्चर हाउसमा सम्पन्न गरेको छ ।

त्यसो त अहिले नेपाली चाडबाड नजिकै गर्दा हाम्रो चौतारी रेस्टुरेन्ट एण्ड कल्चर हाउसलाई भने कार्यक्रमहरू दिनदिनै भइरहँदा उनीहरूलाई कार्यक्रममा हल व्यवस्थापन गर्नको लागि समय मिलाउन एकदमै अप्ठ्यारो परिरहेको देख्न सकिन्छ ।

सेप्टेम्बर १ तारिख पनि पोर्चुगलमा दुईवटा कार्यक्रम सम्पन्न भएको थियो।अन्तर्राष्ट्रिय नेपाली समाज,पोर्चुगल राष्ट्रिय समितिले अधिवेशन सम्पन्न गरेको थियो भने अर्को नेप्लिज वोमन एशोसिएसन पोर्चुगलले पनि तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ।

नेप्लिज वोमन एशोसिएसन पोर्चुगलले कार्यक्रमको दिन नेपालदेखि पोर्चुगलसम्म आएका वृद्ध आमालाई सम्मान समेत गरेका छ। दुईवटा संस्थाहरूलाई मिलाएर एउटै संस्था बनेको नेप्लिज वोमन एशोसिएसन पोर्चुगलले पोर्चुगलमा दुःख सुख पर्दा एकदमै क्रियाशील भएको देख्न सकिन्छ।

सेप्टेम्बर १ तारिखको दिन नेपाली महिलाहरूको महान चाड हरितालिका तीजलाई मध्यनजर गर्दै मोन्तिजो नेपाली समाजले पनि तीज विशेष कार्यक्रम आयोजना गरेको थियो ।उक्त कार्यक्रममा मोन्तिजोमा रहेका स्थानीय कलाकारहरूको समेत बेजोड प्रस्तुति रहेको थियो ।

सेप्टेम्बर २ सोमबारको दिन लोकदोहोरी गीतका ख्याति प्राप्त कलाकारहरु डिला बिक,अनु गुरुङ र सन्तु थापाको साथमा बाग्लुङ समाज पोर्चुगलले पनि मौलिक तिजगीत प्रतियोगिता तथा दर खुवाउने कार्यक्रम सम्पन्न गरेको छ ।

त्यसो त तीज आउन अझै चार पाँच दिन बाँकी रहँदा पनि पोर्चुगलमा कार्यक्रमहरु भने भइरहेको छ। त्यसो त रेस्टुरेन्ट होटलहरूमा पनि महिला दिदीबहिनीहरु थुप्रिएर तीज गीत गाउने रमाउने र उफ्रिने कार्यक्रमहरु थुप्रै मात्रामा भएको देख्न सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *