पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले दिए राजीनामा

युरोप।
नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले पनि पदबाट राजीनामा दिएका छन् ।

विष्टले उपाध्यक्ष बाला अधिकारी र महासचिव रोशन पुरीलाई बोधार्थ दिँदै शुक्रबार पदबाट राजीनामा दिएका हुन् ।सदस्यता शुद्धीकरणमा देखिएको जटिलताबाट निर्वाचन सम्पन्न हुन नसकेपछि विष्टले राजीनामा दिएका हुन् ।

यसअघि महासंघका अध्यक्ष पदबाट विपुल पोखरेलले राजीनामा दिएपछि विष्ट कार्यवाहक अध्यक्ष बनेका थिए । 

महासंघको निर्वाचन समितिले प्रकाशन गरेको पछिल्लो कार्यतालिका अनुसार आज शुक्रबारदेखि मनोनयन दर्ता गर्नुपर्ने थियो । तर सदस्यता विवाद समाधान हुन नसकेपछि कार्यवाहक अध्यक्ष विष्टले राजीनामा दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *