युरोप।
जय नेपाल इन्टरनेशनल फाउन्डेसनले वेबिनार मार्फत ग्लोबल युथ नेटवर्कको हिजो जुम मार्फत घोषणा गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको मुख्य आतिथ्यतामा आयोजित कार्यक्रममा मदन राज पौडेलको अध्यक्षतामा गठित ४३ सदस्यीय विश्व युवा संजालको घोषणा गरिएको समितिमा ३० भन्दा बढी देशबाट व्यक्तिहरू जोडिएका छन्।
गैरआवासीय नेपाली संघ पोर्चुगलको निवर्तमान सचिव तथा चितवन समाज पोर्चुगलको अध्यक्ष समेत रहेका रवि अर्याल आयरल्यान्डबाट जय नेपाल इन्टरनेसनल फाउन्डेसन ग्लोबल युथ नेटवर्कमा जोडिएका छन्।
विगत लामो समयदेखि सामाजिक कार्यमा अगाडि बढिरहेका अर्याल अहिले केही समयदेखि युरोपको आयरल्यान्डमा बस्दै आइरहेका छन्।
राजनीतिमा एकदम सक्रिय युवा नेपाली जनसम्पर्क समिति पोर्चुगलको महामन्त्री समेत रहेका विनोद मरासिनी पोर्चुगलबाट जय नेपाल इन्टरनेसनल फाउन्डेसन ग्लोबल युथ नेटवर्कमा जोडिएका छन्।
जय नेपाल इन्टर नेशनल फाउन्डेसनका केन्द्रीय प्रवक्ता लाल प्र. काफ्लेले सबै अतिथिहरूलाई स्वागत गरेका थिए।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा नेपाली काँग्रेसकी केन्द्रीय सदस्य प्रतिमा गौतम, पूर्व सांसद बिजुला बर्मा राणा, कोशी प्रदेशका निर्वतमान मुख्य मन्त्री केदार कार्की, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाका पूर्व अध्यक्षहरू डा केशव पौडेल, बुद्धि सागर सुबेदी, पूर्व उपाध्यक्ष दिलु पराजुली, पूर्व महासचिव अन्जन कुमार चौलागाईं, वर्तमान महासचिव रामहरि अधिकारी, वर्तमान तथा पूर्व कार्यसमितिका सदस्यहरू, गैर आवासीय नेपाली संघ बेल्जियमकी अध्यक्ष सिता सापकोटा, ने . वि. संघ का पूर्व महामन्त्री मनोजमणि आर्चाय, पूर्व प्रदेश सांसद बिजुला बर्मा राना, सुरेश राज त्रिपाठी महामन्त्री नेपाली जनसम्पर्क समिति साउदी अरब तथा महासमिति सदस्य, राम शरण हुमागाईँ (भर्जिनिया) नेका महाधिवेशन प्रतिनिधि अमेरिका, प्रेम न्यौपाने पूर्व सचिव ,नेपाल पत्रकार महासंघ नवलपुर (पूर्वी नवलपरासी), विष्णु बहादुर क्षेत्री काँग्रेस माहाधिबेशन प्रतिनिधि कास्की ३, प्रेस युनियन नेपालका अध्यक्ष शिव लम्साल, समाज टाइम्सका सम्पादक विष्णु हरी घिमिरे ,जय नेपाल इन्टरनेशनल फाउन्डेसन नेपाल च्याप्टरका अध्यक्ष बद्री अर्याल, फाउन्डेसनका संस्थापक विश्व बराल, फाउनडेशनका केन्द्रीय कोशाध्यक्ष गोविन्द श्रेष्ठ, एनआरएनए आइसिसीका पूर्व उपाध्यक्ष दुर्गा आचार्य, एनआरएनए क्यानडाका पूर्व अध्यक्ष दीपक गौतम, जन सम्पर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्बाङ्ग ,क्यानडा जन सम्पर्क समितिका अध्यक्ष बुद्धि प्रकाश ओली, एनआरएन बेल्जियम का अध्यक्ष सिता सापकोटा, राजनैतिक विश्लेषक शंकर तिवारी , नेका युवा नेता सुदिप मोहन भट्टराई, फाउन्डेसनका केन्द्रीय सदस्यहरू, च्याप्टर पदाधिकारी लगायतको उपस्थिति थियो।
ग्लोबल युथ नेटवर्कको नयाँ कार्यसमिति –
मदन राज पौडेल (अष्ट्रेलिया) को अध्यक्षतामा गठित ग्लोबल युथ नेटवर्कमा नवराज न्यौपाने (अमेरिका) महासचिव हुनु हुन्छ ।
त्यस्तै सदस्यहरुमा अनुप खनाल (अमेरिका), बिमला सापकोटा (क्यानडा), सिजन दाहाल (जर्मनी), महेन्द्र बस्नेत (अमेरिका), विनोद मरासिनी (पोर्चुगल), कुशल पौडेल (जापान), विनोद थापा (मलेसिया), अन्जु मल्ल ठकुरी (बेल्जियम), आविष्कार बास्तोला (नर्वे), वैकुण्ठ सिग्देल (अष्ट्रेलिया), बालकृष्ण दाहाल (बेलायत), बलराम तामाङ (चीन), विद्या बराल (नेपाल), विनय अधिकारी (स्पेन), विनोद बास्तोला ( दक्षिण कोरिया), विनोद गुरुङ (क्यानडा), दिपजंग शाही ठकुरी (कतार), दीपेश राज घिमिरे (चीन), हरि बिसी (माल्टा), हरि खड्का (युएई), होमनाथ गिरी (कुवेत), कृष्ण गिरी (डेनमार्क), लाल प्रसाद पाण्डे (भारत), मनीषा रानाभाट (नेपाल), नवीन कटुवाल (नेपाल), नारायण भण्डारी (क्याम्बोडिया), निश्चल चापागाईँ (अमेरिका), फुर्बा तामाङ (डेनमार्क), प्रशान्त गुरुङ (हंगकंग), पुष्पराज सुवेदी (अमेरिका), रंजन राज कुँवर (दक्षिण कोरिया), रवि अर्याल (आयरल्यान्ड), सुलभ हमाल ठकुरी (न्यु जिल्यान्ड), सुरेश राज त्रिपाठी (साउदी अरेबिया), सुस्विन वाग्ले (अष्ट्रेलिया), सुशील पोखरेल (फिनल्यान्ड), साइमोन मुडभरि (अष्ट्रेलिया), उज्ज्वल बज्राचार्य (नेपाल), उपेन पौडेल (बेलायत), युवराज उप्रेती (मकाउ) र रिता शाही (नेपाल) हुनु हुन्छ ।