Facebook API Error: Error validating access token: Session has expired on Tuesday, 05-Aug-25 11:34:42 PDT. The current time is Friday, 08-Aug-25 05:23:31 PDT.
धादिङ — स्वर्गीय मनोज श्रेष्ठ स्मृति कप २०८१ धादिङ जिल्ला अन्तरपालिका महिला,पुरुष भलिबल प्रतियोगिता हुने भएको छ।
धादिङ जिल्लाका उत्कृष्ट भलिबल खेलाडी मनोज श्रेष्ठको करिब एक वर्ष पहिले निधन भएको थियो। उनकै सम्झनाका लागि उक्त खेलको आयोजना गरेको धादिङ जिल्ला भलिबल संघले बताएको छ।
उक्त खेलमा पुरुषतर्फ प्रथम पुरस्कार नगद एक लाख एघार हजार एक सय एघार ट्रफी,मेडल र प्रमाणपत्र त्यस्तै द्वितीय पुरस्कार ५५ हजार पाँच सय ५५ ट्रफी,मेडल र प्रमाणपत्र रहेको छ भने सेमिफाइनल सम्म पुग्ने टिमलाई नगद बीस हजार पुरस्कार दिने भएको छ ।
महिलातर्फ प्रथम पुरस्कार ५५ हजार पाँच सय ५५ ट्रफी,मेडल र प्रमाणपत्र त्यस्तै द्वितीय पुरस्कार तीस हजार तीन सय तीस नगद ट्रफी,मेडल र प्रमाणपत्र रहेको छ भने सेमिफाइनल सम्म पुग्ने टिमलाई नगद पन्ध्र हजार पुरस्कार दिने भएको छ ।
उत्कृष्ट विधाहरूमा स्पाईकर, सेटर, डिफेन्डर, सर्भर,प्लेयर र कोचलाई समेत पुरस्कार दिने भएको आयोजकले बताएको छ ।
खेलका नियमहरूमा :
खेलाडी एउटै पालिकाको हुनुपर्ने,खेलाडी सङ्ख्या १२ जना टिम कोच र म्यानेजर एक एक जना,खेल FIVB को नियम अनुसार खुलाइरहेछ।
टिम दर्ताको लागि मंसिर २ गतेसम्म आयोजकले समय दिएको छ भने खेल मङ्सिर ६ गते देखि ८ गतेसम्म हुने भएको हो।
टिम दर्ता शुल्क महिलातर्फ चार हजार रहेको छ भने पुरुषतर्फ सात हजार पाँच सय रहेको छ।
थप जानकारीको लागि : ९८५११२१३१४,९८६०१९३२१९,९८५१२२३९४८,९८५११३२६७८ मा सम्पर्क गर्न समेत आयोजकले अनुरोध गरेको छ ।