पक्राउ परेका ३ जना नेपाली मध्ये २ जनालाई पठाइयो नेपाल

ad1 ad1

धनराज विक (अविरल)

डिसेम्बर ११ माल्टा । माल्टा इमिग्रेसन प्रहरीद्धारा पक्राउ परेका ३ जना नेपाली मध्ये २ जनालाई नेपाल पठाइएको छ ।

नेपालको सिन्दुपाल्चोक र तनहु घर भएका २ जनालाई सोमबार माल्टा इमिग्रेसन प्रहरीले नेपाल पठाएको गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् माल्टाका अध्यक्ष रेमलाल खनाल (रेम्स) ले जानकारी दिएका छन् ।

पक्राउ परेका मध्ये गोर्खा घर भएका १ जनालाई डिसेम्बर १२ तारीख बिहिबारका दिन नेपाल पठाउने तयारी गरेको प्रहरीलाई उद्धित गर्दै अध्यक्ष खनालले बताए ।

माल्टामा (इन्लिगल) अवैधानिक रुपमा बसेका ३ जना नेपालीलाई माल्टा इमिग्रेसन प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेकाहरुको विस्तृत जानकारी गोप्य राखिएको छ । कागजपत्र बिहिन भएर अवैधानिक रुपमा बसेका एकजना नेपाली २ महिना देखि पक्राउ परेर हिरासतमा रहेका थिए ।

उनलाई अवैधानिक रुपमा कामगरी रहेकै बेलामा माल्टा इमिग्रेसन प्रहरीले पक्राउ गरेको थियो ।

त्यसैगरी कागजपत्र बिहिन भएर अवैधानिक रुपमा बस्दै आएका अर्का २ जना मध्ये १ जना कामगरी रहेकै बेलामा र अर्का १ जनालाई माल्टा छोडेर अर्को देश जाँदै गर्दा माल्टा इमिग्रेसन प्रहरीले दुईसाता अगाडी पक्राउ गरेको खनालले जानकारी दिए ।

पक्राउ परेका तीनै जनालाई नेपाल पठाउनको लागि आवश्यक पर्ने कागजपत्र नेपाली राजदूतावास म्यार्डिड र एनआरएनए माल्टाको समन्वयमा तयार पारी माल्टा इमिग्रेसन प्रहरीलाई आफूले बुझाएको खनालले बताएका छन् ।

Please follow and like us:
fb-share-icon0
Tweet 20

Leave a Reply

Your email address will not be published. Required fields are marked *