Home Login
बेल्जियम

तमु समाज बेल्जियमको २६०९ औ तमु ल्होछार सम्पन्न

इन्दिरा चाम्लिंग ।

काजाब्लाका क्यासेल्लो — तमु समाज बेल्जियमको २६०९ औ तमु ल्होछार  लुभेन स्थित काजाब्लांका क्यासेल्लोको डोनबोस्को हलमा भब्य रूपले मनाईएको छ ।

कार्यक्रमको प्रमुख अतिथी रूस कार्की कावा राजदुत नेपाली दुतावास ,ब्रसेल्स रहनु भएको थियो ।

बिशेष अतिथी एनआरएनए बेल्जियमकी अध्यक्ष सिता सापकोटा  र अर्का बिशेष अतिथी नेपाल आदिबासी जनजाति महासंघ ,बेल्जियम अध्यक्ष बिरमान घर्तिमगर  थिए।

अधिकार सहितको  पहिचान सम्पुर्ण तमुहरुको साझा अभियानका साथ भन्ने मुल नाराका साथ दुई तमु सँस्था बिच एकता भएको बारेमा पुर्ब अध्यक्ष  प्रबिना गुरुङ्ले प्रस्ट्याउनु भएको थियो साथै मिडलबार देखि मास्टर डिग्री सम्म  उतिर्ण तमु बिध्यार्थिहरुलाई  सम्मन गरिएको थियो उक्त कार्यक्रम्मा  पैसठी कटेका तमुहरुलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो।

बेल्जियममा  सकृय सबै जातिय,राजनैतिक सामाजिक ,धार्मिक संघसंस्थाको अध्यक्ष र प्रतिनिधी साथै हजारौ तमु तथा नेपालीको उपस्थिती रहेको थियो ।

ल्होछार कार्यक्रमको सभापतित्व  तमु समाज ,बेल्जियमका अध्यक्ष होम गुरुङ सन्चालन महासचिब चित्रजंग तमु ,सास्कृतिक कार्यक्रम प्रियन्का तमुस्यो र रिचा तमुस्योले सन्चालन गरेको कार्यक्रममा स्वागत मन्तब्य बरिष्ठ उपाध्यक्ष राम घलेले गरेका थिए ।

तमु समाजको इतिहासमा हाल सम्म कै भब्य बनेको कार्यक्रममा मा लक्जेम्बर्ग , नेदरल्याण्ड ,पोर्चुगल ,फ्रान्स ,स्पेन ,जर्मनी बेलायतबाट समेत तमु समाजका अतिथीहरू रहेका थिए।

नेपालबाट आएका चर्चित लोक गायक मिलन लामा र स्थानीय कलाकार लाहुरे  कान्छाले बिहान भालेको डाक सम्म हजारौ दर्शकहरूलाई भरपूर मनोरन्जन दिदै रातभर नचाएका थिए ।

ल्होछार कार्यक्रम संयोजक ओम प्रशाद तमुले सबैलाई धन्यबाद समेत दिए ।

कार्यक्रमका तस्बिरहरू :

Leave a Reply