Home Login
प्रवास

छ महिनामा विदेश पढ्न र घुम्न जानेमा १ अर्ब ९२ करोड खर्च

पुस्तक रेग्मी ।

युरोप — गएको छ महिनामा विदेश पढ्न र घुम्न जानेमा १ अर्ब ९२ करोड रुपैयाँ खर्च भएको पाइएको छ। राष्ट्र बैंकको पछिल्लो तथ्यांकले चालु आर्थिक वर्षको ६ महिनामा विदेश पढ्न जाने नेपालीले झन्डै ५७ अर्ब रुपैयाँ खर्च गरेका छन्।

विवरण अनुसार, साउनदेखि पुससम्ममा नेपाली विद्यार्थीहरूले वैदेशिक अध्ययनका लागि ५६ अर्ब ८३ करोड बराबर खर्च गरेका हुन्। यो विदेशी विश्वविद्यालय तथा कलेजहरुमा नेपाली विद्यार्थीले पठाएको रकम हो।

वैदेशिक शिक्षाका नाममा विदेशिने रकम बढिरहेको भए पनि गत बर्षको तुलनामा यस पटक २ अर्बले रकम घटेको पाइएको छ।


                               (विश्वको नक्सा )

गत आर्थिक वर्षको साउनदेखि पुससम्ममा वैदेशिक अध्ययनका लागि ५८ अर्ब ९५ करोड रुपैयाँ खर्च भएको थियो।

यसबाहेक गएको छ महिनामा विदेश घुम्न जाने नेपालीले ४५ अर्ब ९ करोड रुपैयाँ खर्च गरेको पाइएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ११ अर्ब १७ करोड रुपैयाँले बढेको हो।

गत वर्षको साउन देखि पुस सम्ममा ३३ अर्ब ९२ करोड रुपैयाँ वैदेशिक भ्रमणमा खर्च भएको थियो।

Leave a Reply