Home Login
पोर्चुगल

पोर्चुगलमा रहेको फुटबल क्लब पोखरा एफसीद्वारा वृद्ध आश्रमलाई सहयोग

पोर्चुगल — युरोपेली मुलुक पोर्चुगलमा रहेको पोखरा फुटबल क्लब पोर्चुगलले नेपालको पर्यटकीय राजधानी पोखरा स्थित सितापाइला १७ मा रहेको वृद्धा आश्रमलाई विभिन्न सामग्रीहरू सहयोग गरेको छ।

क्लबका टोलीले गत सोमबार पर्यटकीय राजधानी पोखरा स्थित सितापाइला १७ मा रहेको वृद्धा आश्रमलाई खाना पकाउने भाँडा तथा खाद्यान्न सामग्रीहरु  उक्त क्लबका कार्यसमितिमा रहेका प्रजेश गुरुङ र प्रदिप मल्ल ठकुरीले आफै उपस्थिति भई वितरण गरेको हो।

(वृद्धाश्रमलाई सहयोग गरेबापत क्लबका कार्यसमितिमा रहेका प्रजेश गुरुङ र प्रदिप मल्ल ठकुरीलाई प्रमाणपत्र हस्तान्तरण गर्दै)

पोर्चुगलमा रहेर कामको बावजुद पनि समय बचत गरेर नेपाली समुदायको विकासमा सक्रिय रहि-रहेको क्लब  पोखरा फुटबल क्लब पोर्चुगललाई वृद्धा आश्रमले धन्यवाद सहित प्रमाणपत्रले सम्मान गरेको छ।

सेप्टेम्बर ८ तारिख पोर्चुगलको राजधानी लिस्बनमा पोखरा गोल्डेन कप २०८१ सफलतापूर्वक आयोजना गरेको पोखरा क्लबले खेलकुदका साथै विभिन्न सामाजिक कामहरू पनि गर्दै आएको क्लबका कोषाध्यक्ष प्रजेश गुरुङले बताए।

(पर्यटकीय राजधानी पोखरा स्थित सितापाइला १७ मा रहेको वृद्धा आश्रमले सहयोग गरेबापत दिएको प्रमाणपत्र)

Leave a Reply