पोर्चुगल । यूरोपका अधिकांश देशहरूमा मार्च महिनाको अन्तिम आइतबार घडीलाई एक घण्टा अघि सारिन्छ, स्थानीय समय बिहान १ बजेबाट २ बजे हुँदै समय परिवर्तन हुन्छ।
मार्च २०२५ को अन्तिम आइतवार ३० मार्चमा शनिबार राति देखि आइतवार बिहान समय परिवर्तन हुन्छ । रातको १ बजे (अधिकृत समय) घडीलाई एक घण्टा अघि बढाएर २ बजे बनाइनेछ। यस कारण, ३० मार्चको दिनमा मात्र २३ घण्टा हुनेछ।
समय परिवर्तन भए संगै अब गर्मी सिजन सुरु हुने भएकाले मार्चमा हुने समय परिवर्तनलाई गर्मी समयको परिवर्तन समेत भनिने चलन रहेको छ।
मार्चमा समय परिवर्तन हुने देशहरू (DST अपनाउने, युरोपेली संघ (EU) र अन्य युरोपेली देशहरू फ्रान्स, जर्मनी, स्पेन, इटाली, नेदरल्यान्ड्स, बेल्जियम, लक्जेमबर्ग, पोर्चुगल, ग्रीस, अष्ट्रिया, स्वीडेन, फिनल्यान्ड, डेनमार्क, पोल्याण्ड, चेक गणराज्य, स्लोभाकिया, हंगेरी, क्रोएसिया, रोमानिया, बुल्गेरिया, एस्टोनिया, लाटभिया, लिथुआनिया, स्लोभेनिया, माल्टा, आयरल्याण्ड हुन्।
युकेको लागि मार्च महिनाको अन्तिम आइतबार ‘ब्रिटिश समर टाइम’ (BST) सुरु हुन्छ। युरोपमा DST लागू नगर्ने देशहरूमा आइसल्यान्ड, रूस, बेलारुस रहेका छन् ।