Home Login
खेलकुद

‘प्रथम मोन्तिजो कप २०२५’ आइतबार अप्रिल २० तारिख हुदै

(‘प्रथम मोन्तिजो कप २०२५’ 7 ए साइड खेलकुद प्रतियोगिताको आइतबार अप्रिल २० तारिख हुदै)

युरोपेली मुलुक पोर्चुगलको सेतुबल जिल्लास्थित मोन्तिजोमा ‘प्रथम मोन्तिजो कप २०२५’ 7 ए साइड खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगिसकेको छ । आइतबार अप्रिल २० तारिख हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजकले जानकारी दिएको हो ।

रोजगारी तथा अध्ययनको सिलसिलामा युरोपेली मुलुक पोर्चुगल पुगेका नेपालीहरूको लागि स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने मूल नाराका साथ उक्त खेलकुद प्रतियोगिता आयोजना गरेको आयोजक मोन्तिजो समाजका अध्यक्ष प्रबल भट्टराईले बताए।

अध्यक्ष भट्टराईका अनुसार, २०२३ मा स्थापना भएको समाजले पहिलो पटक फुटबल प्रतियोगिताको आयोजना गर्न लागेको र यस खेलकुद प्रतियोगिताबाट भाईचारा र सद्भाव समेत बढाउने विश्वास रहेको बताएका छन्।

मोन्तिजो समाजको आयोजना हुन भएको उक्त खेलकुद प्रतियोगिता प्रथम हुनेले ३ हजार ५ सय युरो सहित मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् भने दोस्रो हुनेले २ हजार युरो सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

शुक्रबार १८ तारिख टाईसिट छुटाउँदै अप्रिल २० आइतवार हुने उक्त खेलकुद प्रतियोगितामा मन्तिजोबाट २ टिम सहित १८ टिम रहेको खेलकुद संयोजक सरोज घिमिरेले बताउनुभयो ।

चलचित्र प्रमोसनको लागि पोर्चुगल आएकी नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बा समेत खेलाडीहरूको हौसलाको लागि उक्त खेलकुद प्रतियोगितामा सहभागिता हुने भएकी छिन् ।

एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित रहेको चलचित्र ‘एन्जिला’ पोर्चुगलको राजधानी लिस्बनस्थित ‘सिनेमा आइडलमा’ मा अप्रिल २०, २१ तारिख प्रदर्शन हुन गइरहेको छ ।

 

Leave a Reply