एनआरएनमा राजेन्द्र कुमार (आरके) शर्माको नेतृत्वमा नयाँ कमिटी गठन

काठमाडौ गैरआवासीय नेपाली संघ (एनआरएन) को ११ औँ महाधिवेशनबाट राजेन्द्र कुमार (आरके) शर्माको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा भएको बद्री केसी नेतृत्वको कार्यसमितिलाई अवैध ठहर गर्दै शर्माको नेतृत्वमा नयाँ  कमिटी घोषणा गरिएको हो यो समिति नै आधिकारिक भएको बताइएको

कार्यसमितिमा डा. केशव पौडेल, गोविन्द श्रेष्ठ, खगेन्द्र न्यौपाने, गंगाधर गौतम, सुनिल शाह, विजय मोक्तान गणेश केसी उपाध्यक्षरहेका छन् त्यस्तै, महिला उपाध्यक्षमा रोजिना प्रधान राई युवा उपाध्यक्षमा अब्दुल वासिद रहेका छन्

महासचिवमा बुद्धी सागर सुवेदी छन् भने उपमहासचिवमा सोम सापकोटा प्रमोद सिटौला छन् त्यस्तै, सचिवमा लोकप्रसाद दाहाल, कृष्ण जीवी पन्त, टंक गैरे, दयानिधि सापकोटा, राम पोखरेल केपी सिटौला छन्

कोषाध्यक्षमा ठाकुरप्रसाद ढुंगाना रहेका छन् भने सह कोषाध्यक्षमा तिलक गैरे, मोहम्मद मुसलमान, सीपी पौडेल कृष्ण तिम्सिना छन्

यसैगरी महिला सचिवमा विमला सापकोटा, महिला सह कोषाध्यक्षमा तृष्णा शर्मा काफ्ले, युवा संयोजकमा रविन अधिकारी तथा महिला संयोजकमा देवीका केसी गुरुङ रहेका छन्

शनिबार साँझ ललितपुरमा पत्रकार सम्मेलन गर्दै ११ औँ महाधिवेशनबाट नेतृत्व चयनमा असन्तुष्ट जनाउँदै अध्यक्ष पदका प्रत्याशी शर्मा महेशकुमार श्रेष्ठ लगायतले धाँधलीबाट भएको नेतृत्वलाई स्वीकार गर्न नसक्ने बताएका थिए

आजै शपथग्रहण गर्नुले धाँधली भएको पुष्टि हुने उनीहरूको आरोप पत्रकार सम्मेलनमा बोल्दै अध्यक्षका उम्मेदवार शर्माले आइटीविज्ञ राखेर निर्णय गरौँला भनेर गरेका सहमति तोड्नुले नै धाँधली भएको स्पष्ट हुने बताए

उनले धाँधली नभएको भए रातारात शपथखानुपर्ने अवस्था नरहेको बताए उनले गैर आवासीय नेपाली संघ निष्पक्ष, साझा सबल हुनुपर्ने बताए त्यस्तै महेशकुमार श्रेष्ठलेसीमित समूहलाई आधिकारिकता दिन हतारमा शपथ ग्रहण गरेको आरोप लगाएका थिए

एनआरएनएमा बद्री केसीले लिएको शपथ अवैध : अध्यक्षका प्रत्याशी शर्मा श्रेष्ठ

काठमाडौँ : गैर आवासीय नेपाली संघ (एनआरएनए)को ११औं महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवारद्वय महेश कुमार श्रेष्ठ तथा आरके शर्माले संघका निवर्तमान अध्यक्ष बद्री केसीले आफुलाई आफै अध्यक्ष घोषित गरी शपथ लिने काम अवैध भएको जनाएका छन

शनिबार ललितपुरमा आयोजित एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै  अध्यक्ष पदका उम्मेदवार महेश कुमार श्रेष्ठले निवर्तमानअध्यक्ष केसीले तीन जना अध्यक्षहरु बीच भएको सहमति उल्लङ्घन गरेको आरोप लगाए स्मरणीय , संघका अध्यक्ष कुल आचार्य, रबिना थापा तथा केसीले निर्वाचनमा भएका अनियमतिताहरुको छानबिन गर्न प्राविधिक विज्ञहरु रहेको तीन सदस्यीय छानबिन समितिगठन गर्न शुक्रबार सहमति जनाएका थिए।  तर उक्त सहमतिको मसी सुक्न नपाउंदै आफै उम्मेदवार रहेका निवर्तमान अध्यक्ष केसीलेशनिबार हतार हतारमा शपथ लिएका थिए। देशको समृद्धिमा योगदान दिने उद्देश्यले यो अभियानमा लागेको हुँ।  संस्थालाई यसरीदुरुपयोग गरिन्छ भन्ने थाहा पाएको भए यो अभियानमै लाग्ने थिइनं,’ श्रेष्ठले भने।

त्यस्तै अध्यक्ष पदका अर्का उम्मेदवार आर के शर्माले भेरोले गराएको मतदान प्रक्रियाबारे गम्भीर आशंकाहरु उत्पन्न भए पछि आफुहरुले छानबिन गर्न माग गरेको तर निर्वाचन समितिका एक सदस्यले  विवादको टुंगो नलाग्दै एकपक्षीय रुपमा केसी उनी पक्षीय उम्मेदवारहरुलाई शपथ दिलाएको बताए।  यस्तो शपथ हामीलाई मान्य छैन,’उनले भने उनले एक छानबिन समिति गठन गरेर निर्वाचनका क्रममा भएका सबै अनियमितताहरुको छानबिन गर्न माग पनि गरे।

निवर्तमान अध्यक्ष बद्री केसीले एक पक्षीय रुपमा शपथ लिए पछि अध्यक्षद्वय कुल आचार्य रबिना थापाले छुट्टै भेला गरीमहाधिवेशनलाई निरन्तरता दिएका छन्।  उनीहरुले निर्वाचन सम्बन्धी विवादको टुंगो नलाग्दै गराइएको शपथ विधान विपरित भएकालेत्यो मान्य नहुने बताएका छन्। कार्यक्रमको संचालन संघका महासचिव डा केशव पौडेलले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *