पोर्चुगल — पोर्चुगल सन् २०२५ को एकल साहसिक यात्रा ( सोलो एड्भेन्चेर ट्राभल ) गन्तव्यको छैठौँ स्थानमा परेको छ । बेलायतस्थित साहसिक पर्यटन कम्पनी ‘मच बेटर एड्भेन्चर्स’ ले सार्वजनिक गरेको सूचीमा पोर्चुगल छैठौँ स्थानमा परेको हो ।
‘मच बेटर एड्भेन्चर’ को सूचीका लागि पोर्चुगललाई अद्वितीय भू–दृश्य, समृद्ध संस्कृति, बजेटमैत्री सेवा र विविध साहसिक गतिविधिका लागि उच्च मूल्याङ्कन गरिएको छ ।
एकल यात्रुको अनुभवलाई अझै समृद्ध बनाउने उद्देश्यले गन्तव्यमा आवश्यक सूचना, स्थानीय गाइड मार्फत सुरक्षित यात्रा र संस्कृति, प्रकृति तथा साहसिक क्रियाकलापको सन्तुलित संयोजनमा जोड दिएको छ ।
पोर्चुगलको यात्रा लागत औसतमा सस्तो पर्ने भएकाले पोर्चुगललाई बजेटमैत्री गन्तव्यका रूपमा पनि मूल्याङ्कन गरिएको छ । जसमा भनिएको छ, ‘पोर्चुगलमा सस्तो आवास, सहुलियतपूर्ण प्याकेज र प्रचुर सांस्कृतिक तथा प्राकृतिक अनुभव पाउन सकिन्छ’ ।
‘मच बेटर एड्भेन्चर्स’ को प्रमुख १० गन्तव्यमा इटाली पहिलो नम्बरमा छ भने क्रमशः जापान, नर्वे, स्पेन, अल्बानिया, पोर्चुगल, नेपाल, मोन्टेनेग्रो, जोर्डन र ग्रिस रहेका छन् ।