पोर्चुगल — नेपालमा धादिङ जिल्ला, वेनिघाट-रोराङ गाउँपालिका–९, ज्यामिरेघाट निवासी भिस्मबहादुर खड्काको पोर्चुगलमा असामयिक निधन भएको छ । खड्काको निधन जुलाई ५ तारिख भएको धादिङ समाजले बताएको छ ।
मृतक भिस्मबहादुर खड्काको घरको अवस्था नाजुक रहेकाले धादिङ समाज पोर्चुगलले एक विज्ञप्ति मार्फत खड्काको आर्थिक सहयोगका लागि नेपाली समुदायमा अपिल गरेको छ ।
समाजले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रवासी जीवनका यस्ता कठिन घडीहरूमा भावनात्मक मात्र होइन, आर्थिक रूपमा पनि एक-अर्कासँग सहकार्य, सहानुभूति र सहयोग अपरिहार्य हुन्छ’ ।
स्व. खड्काको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै धादिङ समाज पोर्चुगलले दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ । पीडित परिवारलाई आवश्यक सहयोग पुगोस् भन्ने हेतुले आर्थिक सहयोग संकलन अभियान चलाइएको समाजका महासचिव नवराज दुवाडीले बताएका छन् ।
सहयोग गर्न चाहने सबैलाई निम्न बैंक खातामा सहयोग रकम पठाउन अनुरोध गरिएको छ —
बैंक खाता विवरण :
नाम : रोहित भारती ( कार्यसमिति सदस्य, धादिङ एसोसिएसन पोर्तुगल )
IBAN : PT50 0007 0000 0067 4038 1602 3 MBWay : 920 247 781