Home Login
खेलकुद

एनआरएनए नर्वेको आयोजनामा ऐभरेस्ट कप फुटबस प्रतियोगिता सम्पन्न

नर्वे (ओस्लो) — गैरआवासीय नेपाली संघ (एनआरएनए) नर्वेको आयोजनामा राजधानी ओस्लोको Vallhall Arena मैदानमा आयोजित ऐभरेस्ट कप फुटबस २०२५ भव्य रूपमा सम्पन्न भएको छ ।

एभरेस्ट कप फुटबल एनआरएनए एनसीसी नर्वेले आयोजना गर्ने वार्षिक फुटबल प्रतियोगिता हो । २००८ मा नर्वेको ओसमा चट्याङ बाट निधन भएका नेपाली विद्यार्थी कञ्चन कार्कीको स्मृतिमा हरेक बर्ष एनआरएनए एनसीसी नर्वेले उहाको सम्झनामा यो कार्यक्रम गर्दै आएको यो १३ औं संस्करण हो ।

बिगतमा नोर्दिग, प्रतियोगिता, युरोपस्तरिय प्रतियोगिता गर्दै आएको थियो । तर कोभिडको समयदेखि भने यो प्रतियोगिता नर्वेमा रहेका बिभिन्न क्लबहरुबिच गर्दै आईरहेको छ ।

२०२५ को एभरेस्ट कप फुटबल प्रतियोगितामा नर्वेमा रहेका बिभिन्न ८ क्लब युनाइटेड ब्रदर्स एफसी, टोली टेलिमार्क, नोर्डिक गोर्खाज एफसी, नेपोस नर्वे, ओस्लो युनाइटेड एफसी, नेस्को नर्वे, एनआरएनए नर्वे, जेएसएस नर्वे) ले भाग लिएका थिए ।

फाईनलमा युनाइटेड ब्रदर्स एफसी र ओस्लो युनाइटेड एफसीको भिडन्त भएको थियो । जसमा यो बर्षको एभरेस्ट कप फुटबल ओस्लो युनाइटेड एफसीले उपाधि जित्दै लगातार दोस्रो पटक एभरेस्ट कप जित्यो ।

युनाइटेड ब्रदर्स एफसी उपविजेतामै सिमित रहयो । विजेता टिमले १५ हजार नोक नगदसहित ट्रफी प्राप्त गर्दा उपविजेता टिमले १० हजार नोक नगद र ट्रफी प्राप्त गर्‍यो।

प्रतियोगिता भरीमा सबैभन्दा रोमान्चक खेल सेमिफाइनल ओस्लो युनाइटेड एफसी र नोर्डिक गोर्खाज एफसीको बिचमा भएको थियो । निर्धारित समयमा दुबैटिमबाट गोल हुन सकेको थिएन । एक्स्ट्रा थपिएको समयमा ओस्लो युनाइटेड एफसीले गोल गर्दै फाइनलमा पुगेको थियो ।

बिच बिचमा स-साना बालबालिकाहरु बिच र +३५ बर्ष भन्दा माथि समूहको फुटबल खेलले अझै रोमान्चक बनाएको थियो ।

प्रतियोगितामा बिभिन्न बिधामा पुरस्कार प्रधान गरिएको थियो  । जसमा उत्कृष्ट खेलाडी: एनआरएनए नर्वेका भेषराज सापकोटा, टप स्कोरर: ओस्लो युनाइटेडका मौसम नेपाल, उत्कृष्ट गोलकिपर:  ओस्लो युनाइटेडका अमृत तामाङ, निष्पक्ष खेल प्रदर्शन: टिम टेलेमार्क, उदयीमान खेलाडी: एनआरएनए नर्वेका सुसाङ्क पुडासैनीले नगद तथा प्रमाणपत्र प्राप्त गरेका थिए ।

फुटबल प्रतियोगितासँगै नेपाली स्वाद र संस्कृति झल्काउने  नेपाली स्टलहरू पनि राखिएको थियो । स्टलहरूमा नेपाली मोमो, सेल रोटी, चाउचाउ लगायतका परिकारहरु राखिएको थियो ।

नर्वेको ओस्लो वरीपरी बसोबास गर्ने नेपालीहरुको बाग्लो उपस्थित रहेको थियो ।  कार्यक्रममा NRNA NCC नर्वे का अध्यक्ष विष्णु गौतमले सहभागी सबैलाई धन्यवाद दिँदै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम गर्न सहयोगको अपेक्षा गर्नुभयो । कार्यक्रमको संचालन युवा संयोजक असीम लम्सालले गर्नुभएको थियो ।

प्रतियोगिता साँझ ६:३० बजे समापन गरिएको थियो।फाइनल खेलमा दुबै टिमका खेलाडीहरु बिच सामान्य कुरामा बिबाद उत्पन्न भएको थियो । जस्ले खेललाई केहीसमय बाधक बनाएको थियो । उपस्थित नेपालीहरुको सम्मयताले गर्दा अप्रिय घटना हुनबाट जोगिएको थियो । बिदेशी भुमिमा हुने यस्ता कार्यक्रमहरुमा नेपाली भाईचारा अपनाउन अति जरुरत हुन्छ । यि यस्तै सामान्य बाद बिबादले भविश्यमा यस्ता कार्यक्रमहरु गर्न समस्या नआइलाग्ला भन्न सकिदैन ।

त्यसैले भविस्यमा हुने यस्तै फुटबल गेमहरुमा  यस्ता कार्य नदोहोरियोस् भन्ने अपेक्षा उपस्थित सम्पुर्ण नेपालीहरुको अनुरोध दुबै टिमका खेलाडीहरुलाई थियो ।

Leave a Reply