कोपनहेगन, डेनमार्क — डेनमार्कको राजधानी कोपनहेगन बसोबासको हिसाबले विश्वकै उत्कृष्ट शहर बनेको छ । यसले अस्ट्रियाको राजधानी भियनालाई पछि पारेको हो, जुन १३ वर्षदेखि लगातार यस सूचीको पहिलो स्थानमा थियो ।
कोपनहेगन यस वर्ष संसारको सबैभन्दा खुसी शहर पनि घोषित भएको थियो । २०२५ को ग्लोबल लिभेबिलिटी इन्डेक्स अनुसार क्यानाडाको भ्यान्कुभर उक्त सूचीको दशौं स्थानमा पर्न सफल भएको छ।
द इकोनोमिस्ट इन्टेलिजेन्स युनिट (ईआईयू) ले विश्वभरका शहरहरूको वरीयताक्रम तयार पार्न विभिन्न तथ्याङ्कहरूलाई आधार मान्छ। यसका लागि शिक्षा, स्वास्थ्य, सुरक्षा, स्थायित्व, वातावरण, भौतिक पूर्वाधार र आवास जस्ता सूचकहरूलाई ध्यान दिइन्छ ।
शीर्ष १० उत्कृष्ट शहरहरू
१ कोपनहेगन, डेनमार्क
२ भियना, अस्ट्रिया
३ ज्यूरिच, स्वीट्जरल्याण्ड
४ मेलबर्न, अष्ट्रेलिया
५ जेनेभा, स्वीट्जरल्याण्ड
६ सिड्नी, अष्ट्रेलिया
७ ओसाका, जापान
८ अकल्याण्ड, न्यूजिल्याण्ड
९ अडिलेइड, अष्ट्रेलिया
१० भ्यान्कुभर, क्यानडा
जापानको ओसाका उत्कृष्ट १० मा पर्न सफल एकमात्र एसियाली शहर हो । यसले स्थायित्व, स्वास्थ्य सेवा र शिक्षा विधामा उत्कृष्ट अंक प्राप्त गरेको छ ।