Home Login
प्रवास

विश्वकै उत्कृष्ट शहर- कोपनहेगन, भियना दोस्रो स्थानमा

कोपनहेगन, डेनमार्क — डेनमार्कको राजधानी कोपनहेगन बसोबासको हिसाबले विश्वकै उत्कृष्ट शहर बनेको छ । यसले अस्ट्रियाको राजधानी भियनालाई पछि पारेको हो, जुन १३ वर्षदेखि लगातार यस सूचीको पहिलो स्थानमा थियो । 

कोपनहेगन यस वर्ष संसारको सबैभन्दा खुसी शहर पनि घोषित भएको थियो । २०२५ को ग्लोबल लिभेबिलिटी इन्डेक्स अनुसार क्यानाडाको भ्यान्कुभर उक्त सूचीको दशौं स्थानमा पर्न सफल भएको छ।

द इकोनोमिस्ट इन्टेलिजेन्स युनिट (ईआईयू) ले विश्वभरका शहरहरूको वरीयताक्रम तयार पार्न विभिन्न तथ्याङ्कहरूलाई आधार मान्छ। यसका लागि शिक्षा, स्वास्थ्य, सुरक्षा, स्थायित्व, वातावरण, भौतिक पूर्वाधार र आवास जस्ता सूचकहरूलाई ध्यान दिइन्छ ।

शीर्ष १० उत्कृष्ट शहरहरू

१   कोपनहेगन, डेनमार्क
२   भियना, अस्ट्रिया
३  ज्यूरिच, स्वीट्जरल्याण्ड
४  मेलबर्न, अष्ट्रेलिया
५   जेनेभा, स्वीट्जरल्याण्ड
६   सिड्नी, अष्ट्रेलिया
७   ओसाका, जापान
८   अकल्याण्ड, न्यूजिल्याण्ड
९   अडिलेइड, अष्ट्रेलिया
१०   भ्यान्कुभर, क्यानडा

जापानको ओसाका उत्कृष्ट १० मा पर्न सफल एकमात्र एसियाली शहर हो । यसले स्थायित्व, स्वास्थ्य सेवा र शिक्षा विधामा उत्कृष्ट अंक प्राप्त गरेको छ ।

Leave a Reply