Home Login
प्रवास

पोर्चुगलमा कार्यरत गोरखाका ३८ वर्षीय प्रसान्त गुरुङको आकस्मिक निधन

पोर्चुगल — गोरखा जिल्ला घर भई हाल पोर्चुगलमा बसोबास गर्दै आउनुभएका ३८ वर्षीय प्रसान्त गुरुङको आकस्मिक निधन भएको छ । ‘The Summer Berry Company’ मा कार्यरत गुरुङको नोभेम्बर १४ का दिन काम गर्दागर्दै निधन भएको हो ।

प्राप्त प्रारम्भिक जानकारी अनुसार, स्वर्गीय गुरुङ नोभेम्बर १४ का दिन आफ्नो नियमित काममा व्यस्त रहनुभएको थियो । काम गरिरहेकै अवस्थामा उहाँ अचानक ढल्नुभएको थियो ।

सहकर्मीहरूले उहाँलाई तत्कालै उपचारका लागि अस्पताल पुर्‍याएका थिए । यद्यपि, अस्पतालमा गरिएका सबै उपचार प्रयासहरूका बाबजुद चिकित्सकहरूले उहाँलाई सोही दिन (नोभेम्बर १४) मृत घोषित गरेका थिए ।

स्वर्गीय प्रसान्त गुरुङ गोरखा जिल्ला निवासी श्री दमै गुरुङका छोरा हुनुहुन्थ्यो । उहाँको अल्पायुमा भएको यो दुःखद र आकस्मिक निधनको खबरले पोर्चुगलमा रहेको उहाँको परिवार, साथीभाइ तथा सम्पूर्ण नेपाली समुदाय स्तब्ध र मर्माहत बनेको छ ।

यस दुःखद घडीमा, स्वर्गीय गुरुङको पार्थिव शरीरको व्यवस्थापन तथा अन्य आवश्यक कानुनी प्रक्रियाहरू पूरा गर्नका लागि आर्थिक सहयोगको आवश्यकता परेको छ । उहाँका साथीहरू र परिवारले यस कार्यका लागि पोर्चुगलमा रहनुभएका सबै संघसंस्था र दयालु मनहरूलाई सक्दो आर्थिक योगदान गरी सहयोग गरिदिनुहुन हार्दिक आग्रह गरेका छन् ।

सम्पर्क र सहयोगका लागि :

सहयोग गर्न चाहनुहुने महानुभावहरूले तल उल्लेखित विवरणमा रकम जम्मा गर्न सक्नुहुनेछ :

Sameer Gurung
IBAN : PT50003600619910007776962
MB Way : 920283319

Leave a Reply