लिस्बन — वैदेशिक रोजगारीको सिलसिलामा युरोपेली मुलुक पोर्चुगलमा रहँदै आउनुभएका एक नेपाली युवा विगत केही महिनादेखि सम्पर्कविहीन हुनुभएको छ ।
कास्की जिल्ला, पोखरा महानगरपालिका-३३, बागमारा घर भई हाल पोर्चुगलमा कार्यरत सरोज आचार्य गत सेप्टेम्बर महिनादेखि परिवार र आफन्तको सम्पर्कबाट टाढा हुनुभएको हो ।
करिब एक वर्ष अघि सुनौलो भविष्यको खोजीमा पोर्चुगललाई आफ्नो कर्मथलो बनाउन पुग्नुभएका आचार्य, पोर्चुगलको ‘टोरेस भेद्रास’ क्षेत्रमा बसोबास तथा काम गर्दै आउनुभएको बुझिएको छ ।
आचार्य गत सेप्टेम्बर १५ तारिख देखि अचानक सम्पर्कविहीन हुनुभएको हो । त्यस दिनयता उहाँले घर-परिवार, साथीभाइ वा पोर्चुगलमा रहेका कुनै पनि चिनजानका व्यक्तिहरूसँग सम्पर्क गर्नुभएको छैन । उहाँको फोन र सामाजिक सञ्जालमा समेत सम्पर्क हुन नसकेपछि परिवारमा चिन्ता थपिएको छ ।
लामो समयसम्म छोराको कुनै अत्तोपत्तो नभएपछि नेपालमा रहेको उहाँको परिवार चिन्तित अवस्थामा छ । उहाँका दाई सञ्जीव आचार्यले पोर्चुगलमा रहेका सम्पूर्णलाई खोजीकार्यमा सहयोग गरिदिनुहुन हार्दिक अपिल गर्नुभएको छ । यदि कसैले सरोज आचार्यलाई देख्नुभएको छ वा उहाँ हाल कहाँ हुनुहुन्छ भन्नेबारे कुनै सूचना छ भने, निम्न नम्बरमा सम्पर्क गरिदिनुहुन अनुरोध गरिन्छ ।
सञ्जीव आचार्य (दाई)
फोन नम्बर : +351-920143535






