नेपाल मगर संघ साइप्रस द्वारा माघे संक्रान्ति साँस्कृतिक कार्यक्रम हुदै

ad1 ad1

साइप्रस ।  मगर इतिहास, भाषा, लिपी, संस्कृति संरक्षण-सम्बर्द्धन मगरहरुको मुल मन्त्र,मगरात पहिचान र स्वायत्त शासनसहितको  संघीय लोकतान्त्रिक गणतन्त्र” भन्ने मुल नाराका साथ भाषा सस्कार र सस्कृतिको जगेर्ना गर्दै  गरिब-जेहेन्दार बिद्यार्थीलाई छात्रवृत्ति तथा असाहय-दीर्घ रोगीहरुको स्वास्थ्य उपचारको लागि नेपाल मगर संघ केन्द्रिय समिति द्वारा स्थापित  “मगर- अक्षयकोष” को लागी सहयोगार्थ मगर माघे संक्रान्ति विशेष साँस्कृतिक कार्यक्रम यहि आउदो जनवरि १४ मा हुने भएको छ ।

नेपाल मगर संघ साईप्रस द्वारा हुने कार्यक्रम Fantastic Hall, Limassol मा आयोजना हुने छ । नेपाल मगर संघ साईप्रसले चर्चित गायिका ज्योति मगरलाई निमन्त्रणा गरेको छ ।  गायिका ज्योति मगर संगै साईप्रसमा रहेका स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति समेत रहने छ ।

मगर इतिहास, भाषा, लिपी, संस्कृति संरक्षण-सम्बर्द्धन मगरहरुको मुल मन्त्र,मगरात पहिचान र स्वायत्त शासनसहितको  संघीय लोकतान्त्रिक गणतन्त्र” भन्ने मुल नाराका साथ नेपाल मगर संघ साईप्रसले विभिन्न नेपाली सांगीतिक कार्यक्रम गर्दै आएको महासचिव यज्ञ राना मगरले बताउनु भयो ।

आयोजक नेपाल मगर संघ साईप्रसले साईप्रसबासी सम्पुर्ण नेपाली दाजुभाइ  तथा दिदि बहिनीहरु लाई सादर निमन्त्रणा समेत गरेको छ ।

Please follow and like us:
fb-share-icon0
Tweet 20

Leave a Reply

Your email address will not be published. Required fields are marked *