साइप्रस । सुदूरपश्चिम नेपाली समाज साइप्रसको दोस्रो अधिबेशन सम्पन्न भएको छ । अधिबेशनबाट रमिता चन्द रितु अध्यक्ष सहित १५ कार्यसमिति सदस्य चयन भएको छ ।
प्रमुख सल्लाहकारमा सुबास मल्ल ,केशब चन्द ठकुरी डम्मर बहादुर खड्का चयन भएका छन ।
प्रमुख अथिती कन्सुलेट प्रमुख डा. राम जीवन पन्जियार साथै अधिबेशनमा अथितिहरू सुबास मल्ल, केशब ठकुरी ,गैरआवासीय नेपाली संघ साइप्रसका महासचिब धातानन्द पाण्डे सहित साइप्रसमा रहेका विभिन्न संघ-संस्था साथीहरु लगायतले शुभकामना दिएका थिए ।
सुदूरपश्चिम नेपाली समाज साइप्रसको दोस्रो अधिबेशनमा नयाँ कार्यसमितिमा अध्यक्ष रमिता चन्द रितु ,उपाध्यक्ष श्याम खड्का , उपाध्यक्ष कमल सिङ ठकुरी ,महिला उपाध्यक्ष सिर्जना खड्का , महासचिब अंकुश खड्का ,सचिब जित रावत सह सचिब हस्त शाही ठकुरी ,महिला प्रतिनिधि गिता शाही ठकुरी ,कोषाध्यक्ष राजेन्द्र साउंद , सदस्यहरुमा चेतन चन्द, बिनय गिरी ,दिपक मडै ,मान बोहरा ,मनिस खड्का ,लोकेश भण्डारी रहेका छ्न ।
नव निर्वाचित अध्यक्ष रमिता चन्द रितुले सुदूरपश्चिम नेपाली समाज साइप्रस सबैको भावनालाई कदर गर्दै अगाडि बढ्ने र सुदूरपश्चिमको मौलिकता र संस्कृतिको जगेर्ना गर्नको लागि बिभिन्न कार्यक्रम गदै जाने तथा सुदूरपश्चिमका पिछिडिएका ठाउँका बालबालिकाहरुका लागि सकेको सहयोग , सुप क्षेत्रका कला, संस्कृति संरक्षणको लागि पहल गदै जाने योजना समेत रहेको नव निर्वाचित अध्यक्षले जानकारी दिनु भयो ।