पोर्तुगलबाट सानी बालिका खुसी खनालको विलक्षण प्रतिभा : (हेर्नुपर्ने न्युज)

ad1 ad1

पोर्तुगल । पोर्तुगलबाट ९ बर्षिय सानी बालिका “खुसी खनाल” को बारेमा केही चर्चा गरिंदै छौं । बुबा भक्तिप्रसाद खनाल र आमा टीका ढकाल खनालको कोखबाट जन्मिएकी खुसी अहिले आफ्नो बुबाआमाका साथ पोर्चुगलको राजधानी लिस्बनमा बस्छिन् र यहीँको स्थानीय स्कुलमा ३ कक्षामा पढ्दै छिन् ।

अबोध बालिका खुसीमा गतबर्षको अप्रिल देखि अद्भुत र विलक्षण प्रतिभा प्रष्फुटित हुन थालेको छ । उनी आँशु कवि जस्तै जुनसुकै शिर्षकमा तुरुन्तै कविता लेख्न सक्छिन् । गत बर्षको अप्रिल १३ तारीखबाट यसरी कविता लेख्न थालेकी खुसीले हालसम्म ४८० वटा पोर्चुगिस भाषामा र २५० वटा अग्रेजीमा कविता लेखिसकेकी छन् ।  “THE POEMS OF SMALL KHUSI” नामक अग्रेजी र पोर्चुगिस भाषाका उनका दुईवटा कविताका पुस्तक पनि पोर्चुगलको एक प्रकाशक संस्थाले प्रकाशित गरिसकेको छ । चाडै अर्को पुस्तक प्रकाशन हुन लागिरहेको उनका बुबाले जानकारी दिनुभयो । 

प्रतिभाशाली बालिकाको विलक्षण क्षमता अझ उजागर होस् भन्ने अभिप्रायले हिजो गैरआवासीय नेपाली संघ(एनआरएनए) पोर्चुगलले एक अन्तरक्रिया तथा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रम सानीनानी खुसीले आफ्नो परिचय दिंदै आफुले जुनसुकै शिर्षक दिएपनि एकदिनमा एकसय वटा पोर्चुगिस र पचास वटा अग्रेजी भाषामा कविता लेख्न सक्ने कुरा बताइन् ।

आफ्ना बुबा भक्तिप्रसाद खनालका साथ उपस्थित भएकी खुसीले एनआरएनए कार्यालयमा एनआरएनए पदाधिकारी र पत्रकारहरुका सामु आयोजकहरुले पूर्व बिना जानकारी Feliz (Happy) र My Lovely Home  शिर्षकमा कविता लेख्न दिएको थियो, उनले पोर्चुगिस र अग्रेजी भाषामा ४ मिनेट ३० सेकेन्डमा दुईवटा कविता सबैसामु लाइभ लेखेर प्रदर्शन गरी उपस्थित मानिसहरुलाई खुसी मात्र तुल्याइनन् आश्चर्य चकित पनि पारिन् । कार्यक्रमको अनुभव बारेको Today शिर्षकमा उनले थप एक कविता २ मिनेट भित्र लेखेर प्रदर्शन गरिन् । 

उनका कविताका पुस्तकहरु :  www.khusikhanal.com मा उपलब्ध छन् र त्यहीँबाट डाउनलोड गरेर पढ्न पनि सकिन्छ।

उक्त अवसरमा एनआरएनए आइसिसी सदस्य राजकुमार थापा, एनआरएनए पोर्चुगलका अध्यक्ष उमेशकुमार खड्का, वरिष्ठ उपाध्यक्ष दीपा काफ्लेले बालिकामा विलक्षण प्रतिभा देखिएको र उनलाई हौसला प्रदान गर्दै व्यापक रूपमा प्रचारप्रसार गरी राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा चिनारी गराउनु पर्ने र यसका लागि  एनआरएनए पोर्चुगल र अन्तर्राष्ट्रिय समितिले सक्दो सहयोग र संयोजन गर्ने प्रतिवद्दता व्यक्त गरे ।

एनआरएनए पोर्चुगलका अध्यक्ष उमेशकुमार खड्काको अध्यक्षता र कार्यवाहक महासचिव दीपेशबिक्रम बिष्टको संचालनमा भएको कार्यक्रममा बालिकाका बुबा भक्तिप्रसाद खनालले आफ्नी छोरीको पढाई लेखाइ, दैनिकी र उनमा देखिको प्रतिभाबारे प्रकाश पार्दै पोर्चुगलको नेपाली समुदायलाई छोरी खुसीको प्रतिभालाई सबैतिरबाट उजागर गरिदिन आग्रह गरे ।

कार्यक्रममा एनआरएनए पोर्चुगलका पदाधिकारी, सदस्यहरु र अनेसास पोर्चुगलका महासचिव एनबी अन्जानको पनि उपस्थिति थियो ।

राजकुमार थापा , लिस्बन ।

Please follow and like us:
fb-share-icon0
Tweet 20

Leave a Reply

Your email address will not be published. Required fields are marked *