नेपाली जनप्रगतिशील मंच युरोपको पाचौं महाधिवेशन सम्पन्न

पोर्तुगल । नेपाली जनप्रगतिशील मंच युरोपको पाचौं महाधिवेशन यही मार्च १७-१८ तारिखका दिन स्पेनको बार्सिलोनामा सम्पन्न भएको छ।

आयोजक जन प्रगतीशिल मन्च स्पेनको न्यानो आतिथ्यत्यतामा दुई दिन सम्म चलेको अधिबेशनबाट बेल्जियम बासी ब्यबसायि चित्र सुवेदीको नेर्तित्वमा ३९ सदस्यिय नयाँ कार्यसमिति निर्माण भएको छ।

नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा नेपाल सरकार भरतपुर महानगरपालीका ,चितवनका नगर प्रमुख (मेयर) रेनु दाहालको प्रमुख आथित्यतामा सम्पन्न भएको ऊक्त कार्यक्रमा विशिष्ट अतिथि नेपाली दूतावास म्याड्रिडका महामहिम राजदुत डा. शर्मिला पराजुली ढकाललाई निम्त्याईएको थियो ।

त्यस्तै विशेष अतिथीमा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य कमरेड अर्जुन पाठक , नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य कमरेड सुरेन्द्र भुसाल ,गैर आवसीय नेपाली संघ आई.सि .सि सचिव तथा प्रवास संमन्वय समिति सदस्य लोक प्रसाद दाहाल ,नेपाली जनप्रगतिशील मञ्च युरोपका अध्यक्ष क. रण बहादुर खाती क्षेत्री , विदेश विभाग सदस्य डा. कृष्ण अर्याल ,नेपाली जनप्रगतिशील मञ्च युरोपका निर्बाचन समितिका संयोजक क. सुरेन्द्र नेपाल श्रेष्ठ, NRNA पूर्व ICC सदस्य श्री दिनेश कुमार गिरि का साथै गैर आवाशीय नेपाली संघ स्पेनका अध्यक्ष पेशल कुमार कोईराला,युरोपमहासंघ र प्रेस युनियन युरोप साखाका पत्रकारहरू ,स्थिनिय कलाकार तथा स्पेन स्थित बिभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू लगाएत बिभिन्न देशबाट कार्यक्रममा ऊपस्थित हुन स्पेन पुगेका प्रतिनिधी तथा प्रवयक्षकको आतिथ्यतामा स्पेन बासी सम्पुर्ण नेपाली बुवाआमा दाजुभाई तथा दिदीबैनीहरूको बाक्लो ऊपस्थितिमा  कार्यक्रम भब्यताका साथ सम्पन भएको थियो ।

त्यस्तै गरि नेपाली जनप्रगतिशिल मञ्च राष्ट्रिय समिति माल्टा अध्यक्ष विनय बुढाथोकी, बेल्जियम अध्यक्ष प्रकाश पौडेल, नर्वेका डा. कृष्ण अर्याल,पोर्चुगलका सीता ढकाल, नेदरल्याण्डका संघर्ष केसी, आयरल्यान्डका दलराम तामांग, स्पेनका विशाल ढुङ्गाना, स्विडेनका राम शरण ढकाल, फ्रान्सका सुमन पौडेल, बेलायतका रण बहादुर खाति क्षत्री, जर्मनीका गोविन्द भण्डारी, तमु राष्ट्रिय मुक्ति मोर्चाका मनिस गुरुङ र डेनमार्कका अध्यक्ष महेन्द्र खड्काले राष्ट्रिय समितिबारे रिपोर्टिङ गरेका थिए ।

युरोप महादेश भरीका झण्डै चार दर्जन देशमा छरिएर बसोबास गर्दै आएका दशौ लाख नेपालीहरुको प्रतिनिधित्व गर्ने नेपाली जनप्रगतिशील मञ्च युरोपका निर्बिरोध निर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरू गरेर  जम्मा ३९ जनाको कमिटि बनेको सुचना Nppf का कार्यसमित सदस्य तथा एनआरएनए पोर्तुगलकि महिला संयोजक सरिता शर्माले बताऊनु भयो।

बन्दशत्रबाट पदाधिकारी छनौट गर्ने क्रममा अध्यक्षका प्रत्यासी ४ जना नेता कमरेडहरूको बिचबाट  चित्र सुवेदी सर्वसम्मत चुनिनुभयो भने इन्चार्जमा  रण बहादुर खाति क्षेत्री (बेलायत)बाट ,उपाध्यक्षमा गंगाप्रसाद भुसाल (स्पेन), सेर सिंह ठकुरी (बेलायत) र कल्पना मगर (बेल्जियम) बाट बनेका छन् भने महासचिवमा धर्मराज खतिवडा (अस्ट्रिया), सचिवमा अर्जुन आचार्य (स्पेन), निर्मला बजगाइ अधिकारी (बेल्जियम) र हरिसचन्द्र पोखरेल (पोर्तुगाल) बाट र कोषाध्यक्षमा डोलराज भन्डारी (बेलायत), सह-कोषाध्यक्षमा सुमन पौडेल (फ्रान्स) बाट बनेका छन् ।

कार्यसमिति सदस्यहरुमा श्याम खनाल, केसरबहादुर थापा (स्पेन), राजेन्द्र सेढाइ, काजी नेपाली, सावित्रा गिरि, रुपक श्रेष्ठ, ठाइला किरात(बेल्जियम)पवन सुवेदी, होम गुरुङ, ईश्वर रिजाल(बेलायत) प्रेम परियार (नर्वे) राम कुमारी बि.क (पोर्चुगल),महेश कुमार खाती (पोर्चुगल) ,श्याम प्रसाद ढकाल(पोर्चुगल ),प्रेम चन्द्र भण्डारी(पोर्चुगल),युवराज खनाल(पोर्चुगल),सरिता शर्मा (पोर्चुगल) ,बुद्धलाल योंजन लामा (आयरल्यान्ड) लिलि तामाङ, नारायण प्रशाद अधिकारी ,डि एस राणा (माल्टा), रबीन लिम्बु, दूरबसा भण्डारी, जसमान दर्नाल, शुशीसिला खत्री, मायॅ तामाङ (साईप्रस), मोहन केसी, विष्णु रायमाझी र भीम सुवेदी (बेल्जियम) गरेर ३९ सदस्यिय समिति चयन भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *