लाक्पा तेन्जी शेर्पा
रोमानिया । रोजगारीका सिलसिलामा युरोपियन मुलुक रोमानिया पुगेका नेपाली कामदारहरु एक पछि अर्को गर्दै विभिन्न कारण बाट २०२० यता हाल सम्म २४ जनाको अकल्पनीय नि¥धन भएका छन । हामीलाई प्राप्त जानकारीको आधारमा मृ¥तकहरु को विवरण र मृत्युको कारण उल्लेख गरिएको छौं । समस्त मृ¥तकहरु प्रति हार्दिक श्रद्धाञ्जली सम्पुर्ण मृतकका आत्माहरुले स्वर्गमा बासहोस ।
१. टासी लामा ह्योल्मो : नुवाकोट २ जुन – २०२० (आ¥त्मा ह¥त्या)
२. पर्वती राई : खोटाङ – ३० नोभेम्बर २०२१, (सवारी दुर्घटना)
३. होम बहादुर मगर : पाल्पा, २९ अक्टोबर २०२१ , (बिरामी भइ नि¥धन)
४. याम प्रसाद दाहाल : झापा, अक्टोबर ३ , २०२२ (हृदयाघात)
५. मिलन राई : खोटाङ २३ अक्टोबर २०२२, (रेलको ठक्करबाट नि¥धन)
६. देबेन्द्र पुन : म्याग्दी २ नोभेम्बर २०२२ , (मेसिम दुर्घटना)
७. भिम बहादुर गुरुङ : ९ नोभेम्बर २०२२, (आत्महत्या)
८. सोम बहादुर तामाङ : सिन्धुपाल्चोक ,२० मार्च २०२३
९. इन्द्रबहादुर गुरुङ : पर्वत २२ अक्टोबर २०२३ , (सुतेकै अवस्थामा नि¥धन)
१०. भक्त बहादुर सुनुवार : धनुषा ५ सेप्टेम्बर २०२३, (ग्यास स्टेशन बिस्फोटमा परी गम्भीर घाइते भै उपचारको क्रममा नि¥धन)
११. प्रकाश विसुन्क : काभ्रेपलान्चोक ३० मे २०२३ , (आत्महत्या)
१२. नगेन्द्र बुढा मगर : रोल्पा ९ अप्रिल २०२३
१३. रिवज कार्की : मोराङ २४ जुलाई २०२३ , (ब्लड क्यान्सर)
१४. नगेन्द्र बुढा मगर : रोल्पा, ९ अप्रिल २०२३ (सुतेकै अवस्थामा नि¥धन)
१५. कमल राई इलाम : अप्रिल २०२३ (हृदयाघात)
१६. खोबेन्द्र गुरुङ : तनहुँ ९ फेब्रुअरी २०२३ (बिरामी)
१७. बिमला तामाङ : सिन्धुपाल्चोक १८ अप्रिल २०२४ आत्महत्या)
१८. लस कुमारी राई : धनकुटा २२ मे २०२४ (बिरामी)
१९. सुधा राई : ३ जुन २०२४ (बिरामी)
२०. मन्जु हर्मेल : ४ जुन २०२४ (सवारी दुर्घटना)
२१. थानेस्वर तिवारी , २२ मे २०२४ , (आत्महत्या)
पछिल्लो समय अप्रिल महिना यता लगातार नेपाली कामदारहरु को अकल्पनीय निधन भएको छ । अप्रिल देखी यता मात्र ५ जनाको निधन भएको छ । जसमा २ जनाले आत्महत्या २ जनाको बिरामी भइ उपचारको क्रममा उपचारको क्रममा निधन भएको छ । नि¥धन हुने दुबै जना केही महिना अघि मात्र रोजगारीको सिलसिलामा रोमानिया पुगेका हुन भने दुबै मृतक एउटै कम्पनीमा कार्यरत थिए ।
त्यसैगरी एक जनाको सडक दुर्घटनामा परी गम्भीर घाइते भइ अस्पतालको आकस्मिक कक्षामामा भर्ना गरीएको र उनको उपचार कै क्रममा ४ जुन २०२३ बिहान नि¥धन भएको हो उनी रोमानिया पुगेको केही दिन पछि नै सडक दुर्घटनामा परेकी हुन ।
मृतकहरु मध्ये ३ जनाको शव गत हप्ता नै टर्की एयरबाट नेपाल पठाइसकेको छ भने १ जनाको शव आउदो जुन १३ तारिख टर्की एयरबाट नै नेपाल पठाउने भएको छ । बाकी १ जनाको शव नेपाल पठाउने प्रक्रियामा रहेको नेपाली समाज रोमानियाका अध्यक्ष पुर्ब अवैतानिक बाणिज्य दुत समेत रहनु भएका नवराज पोख्रेलले जानकारी गराउनु भएको छ । उहाँले मृतकहरुको शव अन्तिम सास्कारका लागि नेपाल मा रहेका मृतकका परिवार सम्म पुर्याउन बिशेष पहल गर्नु भएको छ ।
Please follow and like us: