Home Login
मनोरंजन

म्युजिक ल्याब द्वारा गोल्डेन ईन्टरनेशनल म्युजिक अवार्ड कार्यक्रम हुदै ।

युरोप । नेपाली गीत संगीतलाई विगत १० वर्षदेखि निगल्दै आइरहेको म्युजिक ल्याब कम्पनीले मलेसिया ,सिङ्गापुर र थाइल्याण्डमा कला र सिर्जनाको सम्मान स्वरुप गोल्डेन ईन्टरनेशनल म्युजिक अवार्ड कार्यक्रम गर्ने भएको छ ।

१० वर्षदेखि  नेपाली गीत संगीतलाई नियाल्दै आइरहेको कम्पनी म्युजिक ल्याबले विगत धेरै सांगीतिक कोसेलीहरु बजारमा ल्याएर दर्शक सामु थुप्रै माया पाइरहेको छ। नेपाली गीत संगीत संरक्षण सम्बर्द्धन र उत्थान कार्यमा अतुलनीय भूमिका निर्वाह गर्दै आएको म्युजिक ल्याब कम्पनीले नेपाल र नेपालीलाई विश्वसामु चिनाउने प्रयास गरिरहेको छ ।

विभिन्न देशको सांगीतिक यात्रा सँगसँगै थाईल्याण्डको बैंककमा गोल्डेन ईन्टरनेशनल म्युजिक अवार्ड आयोजना गर्ने भएसँगै अहिले सामाजिक सञ्जाल फेसबुक तिर कार्यक्रमको पोस्टरहरू पोस्ट भइरहेका छन्।

कार्यक्रमको मिडिया पार्टनरको रुपमा युरोपाटी ,कास्की खबर, चौतारी न्युज र खोज अनलाइन रहेको छ।

Leave a Reply