मंचको युरोप कमिटी बैठक बस्दै : प्रमुख अथितीमा राम कार्की

जसमान दर्नाल जिवन । नेपाली जनप्रगतिसील मन्च युरोप कमिटीको विषेश बैठक २२ तारिक जुन शनिबार भर्चुअल माध्यम जुम मार्फत बस्ने भएको छ।

मंचका युरोप कमिटी अध्यक्ष चित्र सुबेदीको अध्यक्षता बस्ने उक्त बैठकमा नेकपा माओवादी केन्द्रका केन्द्रिय सचिव तथा युरोप कमिटी इन्चार्ज राम कार्कि (पार्थ)को प्रमुख अथिति साथै माओवादि केन्द्रका बैकल्पिक के सदस्य सुरेन्द्र भुशालको उपस्तिथिमा सप्पन्न हुने बताएको छ।

बैठकमा मन्चका युरोप इन्चार्ज रण खाति क्षेत्रि ,पुर्व केन्द्रिय सदस्य सुरेन्द्र नेपाल श्रेष्ठ , नेताहरु उदयराज गौतम,कृष्ण अर्याल, सागर पोखरेलको उपस्थितिमा रहने जनाइएको छ।

मन्चको अघिल्लो बैठकमा भएका निर्णयहरु कार्यन्वयन भए न भएको जाँच गरिने छ।के कति कामहरु भएका छन बिभागिय प्रमुखको कार्य प्रणाली र प्रयत्न जाचेर थप जिम्मेवारीको सवालमा निर्णय गरिने भएको मन्चका युरोप कमिटी पदेन सदस्य तथा क्रोसियाका अध्यक्ष लोबसाङ्ग लामाले जानकारी दिए।

बैठकमा युरोप भरीका २७ वटा देशवाट मन्चका पदाधिकारी तथा सदस्यको अनिवार्य उपस्तिथि हुने दावी गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *