साइप्रसमा साउने सङ्क्राति कार्यक्रम मनाउने

साइप्रस । साइप्रसमा एक सक्रिय संस्था किरात या¥क्थुङ चुम्लुङ साइप्रसले सिसेक्पा तङ्¥नाम येले तंङ¥वे -५०८४ (साउने सङ्क्राति -२०८१) कार्यक्रम जुलाई २१ तारिख मनाउने भएको छ।

भाषा ,धर्म,संस्कार ,संस्कृतिको संरक्षण गरौँ लोपोन्मुख पहिचान र इतिहासको अस्तित्व जोगाऔँ भन्ने मूल नाराका साथ यस कार्यक्रम मनाउने भएको हो ।

कार्यक्रम साइप्रसको पापोस सहरमा रहेको (The Back Street Asian Noodles restaurant) मा हुने भएको हो।

किरात या¥क्थुङ चुम्लुङ साइप्रसले यसभन्दा अघि पनि थुप्रै सांस्कृतिक कार्यक्रमहरू गर्दै आइरहेको छ।

साइप्रसमा एकअर्कालाई हातेमालो गर्दै अगाडि बढिरहेको संस्था किरात या¥क्थुङ चुम्लुङ साइप्रसले यस कार्यक्रमका पनि भव्यताका साथ सम्पन्न गर्ने भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *