Home Login
क्रोएसिया

युरोपमा नेपाली बजारको बिस्तार

जसमान दर्नाल जिवन

युरोपेली देश क्रोसियाको राजधानी स्थित जाग्रीब शहरमा नयाँ नेपाली मार्केटको उद्घाटन ।

क्रोसिया । कबिर २३ हजार नेपाली समुदायको बसोबास रहेको क्रोसियाको नेपाली समुदायलाई लक्षित गरेर आइतबार एक औपचारिक कार्यक्रम गर्दै “काठमाडौ लाइफ” नामक मार्केटको उद्घाटन भएको हो। नेपाली हिन्दु सस्कार अनुसार मार्केटको द्वारमा मैन बत्ती प्रज्वलित गर्दै NRNA क्रोसियाका अध्यक्ष साइमान लामाले नरिवल फुटाएर उक्त मार्केटको उद्घाटन गर्नु भएको हो।

तीन नेपाली युवा व्यावसायिक शैफुल्ला मन्सुर ,मनोज महर्जन र दिपक कडेलको ठुलो लगानिमा “काठमाडौ लाइफ” मार्केट शुरु गरिएको छ। मार्केटका डाइरेक्टर म्यानेजर शैफुल्ला मन्सुरका अनुसारयुरोपका कुनै पनि देशमा समेत नेपालमा उत्पादित खाद्य सामाग्री अनलाइनका माध्यमबाट डेलिभेरी सेवा पनि उपलब्धगराइने छ।

उनका अनुसार नेपाली दाल,चामल, खुर्सानी ,कोदो ,मकैको पिठो, तोरिको तेल, नौलि घिउ, अचार, मसला, गुन्द्रुक, खसिको मासु  लगाएतका सामाग्री राखिएको छ।

क्रोसियामा नेपाली समुदायको चाप बढे सगै यहाँनेर विभिन्न नेपाली दुकान होटल लगाएतका व्यावसाय धमाधम खुली रहेका छ।काठमाण्डौ मार्ट, बुद्द मार्ट,आप्पा होटल,सिद्दार्थ होटल ,हिमालय होटल र  एभरेस्ट होटल लगाएतका ब्यबसाय यस अघि देखि नै भब्यताका साथ क्रोसियामा संचालित छन।

Leave a Reply