Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /var/www/vhosts/europati.com/httpdocs/wp-includes/functions.php on line 6121
जनप्रगतिशील मञ्च पोर्चुगलद्वारा सम्मान तथा सास्कृतिक कार्यक्रम सम्पन्न - europati
Home Login
पोर्चुगल

जनप्रगतिशील मञ्च पोर्चुगलद्वारा सम्मान तथा सास्कृतिक कार्यक्रम सम्पन्न

पोर्चुगल । नेपाली जनप्रगतिशील मञ्च पोर्चुगलको आयोजनामा सम्मान तथा सास्कृतिक कार्यक्रम हिजो आइतबार सम्पन्न भएको छ । कार्यक्रम पोर्चुगलको राजधानी लिस्बनको ओला अमिगोको हलमा भएको थियो ।

नेपाल देखि युरोप कार्यक्रममा निस्किनु भएका चर्चित लोकदोहोरी गायक तथा सर्जक विष्णु खत्रीको साथमा र सँगै चर्चित लोकदोहोरी गायिका रितु अधिकारीको समेत कार्यक्रममा बेजोड प्रस्तुति भएको थियो भने दुवै कलाकारलाई सम्मान समेत गरेका थिए ।

प्रवेश शुल्क निःशुल्क राखिएको कार्यक्रममा खाजाको समेत व्यवस्था रहेको थियो। गायक खत्रीले जनप्रगतिशील मञ्च पोर्चुगलले आफूलाई सम्मान गरेको भन्दै धन्यवाद समेत प्रकट गरेका छन्।

गायक खत्रीले हिजो मात्रै दुईटा कार्यक्रम सम्पन्न गरेका छन्। कार्यक्रममा उपस्थित हुने सबैजना नेपालीहरू पनि उत्साहित र हर्षित थिए।

Leave a Reply