धुन नेपालद्वारा इन्टरनेसनल अवार्ड २०२४ हुँदै

युरोप । नेपाली गीत संगीतलाई विगत १० वर्षदेखि निगल्दै आइरहेको धुन नेपाल कम्पनीले थाइल्याण्ड, सिङ्गापुर र मलेसियामा DN EXTRAORDINARY INTERNATIONAL AWARDS 2024 कार्यक्रम हुने भएको छ ।

उक्त कार्यक्रम यही आउँदो अगस्ट २५ तारिख होटल ग्रेण्ड कन्टिनेन्टल क्वालालम्पुर मलेसियामा हुने भएको हो ।

१० वर्षदेखि  नेपाली गीत संगीतलाई नियाल्दै आइरहेको कम्पनी धुन नेपालले विगत धेरै सांगीतिक कोसेलीहरु बजारमा ल्याएर दर्शक सामु थुप्रै माया पाइरहेको छ।


नेपाली गीत संगीत संरक्षण सम्बर्द्धन र उत्थान कार्यमा अतुलनीय भूमिका निर्वाह गर्दै आएको धुन नेपाल कम्पनीले नेपाल र नेपालीलाई विश्वसामु चिनाउने प्रयास गरिरहेको छ ।

विभिन्न देशको सांगीतिक यात्रा सँगसँगै मलेसियामा DN Extraordinary international awards 2024 आयोजना गर्ने भएसँगै अहिले सामाजिक सञ्जाल फेसबुक तिर कार्यक्रमको पोस्टरहरू पोस्ट भइरहेका छन्।

उक्त कार्यक्रमको लागि नेपालबाट धुन नेपालका अध्यक्ष डिआर सुजन सहित दर्जनौं कलाकारहरू गायक,गायिका,मोडल,हाँस्य कलाकार तथा भिडियो निर्देशक समेत कार्यक्रममा उपस्थित हुने भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *